नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
५५ पटक हेरिएको
Shares
नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा

सारांश

  • दाङ, २१ माघ ।
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले देउवा सरकारले देशमा राजनीतिक अराजकता मच्चाएको बताएका छन् ।
  • रिपोर्टर्स क्लब दाङले दाङको तुलसीपुर एयरपोर्टमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै दाङ २ बाट निर्वाचित सांसद समेत रहेका महराले हालको सरकार राजनीतिक नैतिकताबिहीन भएको र देउवा सरकारले देशमा राजनीतिक अराजकता मच्चाएको समेत बताए ।

दाङ, २१ माघ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले देउवा सरकारले देशमा राजनीतिक अराजकता मच्चाएको बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले दाङको तुलसीपुर एयरपोर्टमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै दाङ २ बाट निर्वाचित सांसद समेत रहेका महराले हालको सरकार राजनीतिक नैतिकताबिहीन भएको र देउवा सरकारले देशमा राजनीतिक अराजकता मच्चाएको समेत बताए । देउवा सरकारले गरेका कतिपय निर्णयहरुलाई अब बन्ने सरकारले उल्टाउनसम्म सक्ने बताएका छन् ।

रिपोर्टस कल्ब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा नेता महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बिशेष साक्षात्कार कार्यक्रममा पार्टी एकता कहिले हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा दुई दल भनेका फरक दृष्टिकोण र फरक मान्यता बोकेका दल भएकोले पार्टी एकता भन्ने कुरा भनेजस्तो सजिलो नभएको र दुई पार्टीका अध्यक्षबीच व्यापक छलफल समेत भइराखेको बताए । उनले पार्टी एकतामा केही ढिला भएपनि केही समयपछि पार्टी एकता निश्चित हुने बताए ।

नयाँ बन्ने सरकारले टरिगाउँ एयरर्पोटलाई थप बिस्तार गरी ठूलो जहाज सञ्चालनमा ल्याउने र एयरपोर्टमा जहाज उडानलाई नियमित बनाउने समेत उनले पत्रकार सम्मेलनमा बताएका छन । प्रदेश मुकामहरुको अस्थायी केन्द्र तोक्दा धोखा भएको उल्लेख गर्दै अब राजधानी बनाउने जिम्मा प्रदेश सभालाई भएकोमा प्रदेश सभाका सांसदहरुले स्थायी राजधानी तोक्दा न्यायोचित सन्तुलित एंब जिम्मेवारीपूर्वक सुझबुझका साथ निर्णय गर्ने बताए । त्यसपछि प्रदेश नम्वर ५ को स्थायी मुकाम दाङ नै हुने उनले जिकिर गरे ।

दाङ प्रदेश राजधानी बनाउने बिषयमा काँग्रेस नेता खुमबहादुर खड्कासँग समेत छलफल भएको स्वीकार गरेका नेता महराले दाङ प्रदेश राजधानी बनाउने बिषयमा अन्य नेताहरुसँग समेत छलफल भइरहेको बताएका थिए । हाल आफूहरु राष्ट्रियसभाको चुनावमा केन्द्रित भएको बताएका महराले प्रदेश सभाको चुनाबलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
राष्ट्रिय सभामा काँग्रेस छ सिटमा सिमित
राष्ट्रिय सभामा काँग्रेस छ सिटमा सिमित
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
कार्यदलको रिपोर्टका आधारमा एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया
मन्त्रीहरू सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला सुन छ?
मन्त्रीहरू सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला सुन छ?
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत
खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो
२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो