बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०८१
|
|
४९ पटक हेरिएको
Shares
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

सारांश

  • काठमाडौं।
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्।
  • आज (मंगलबार) प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्। आज (मंगलबार) प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

लामाले आज नै बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले) का २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ।

मुख्यमन्त्री लामाले भोलि बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताइको छ। निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका थिए।

कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ।

कांग्रेस–एमालेले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम भने टुङ्गाइसकेका छैनन्। संघीय सरकारको समीकरणमा आएको उलटफेरको प्रभावका कारण बागमतीमा पनि कांग्रेस-एमालेको सरकार गठन भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
शनिबारको राशिफल
शनिबारको राशिफल
दुई अर्ब ७२ करोड कर छलेको आरोपमा व्यापारी गुप्ताविरुद्ध मुद्दा
दुई अर्ब ७२ करोड कर छलेको आरोपमा व्यापारी गुप्ताविरुद्ध मुद्दा
मंसिर २ गते सोमबारको राशिफल यस्तो छ
असोज १६ गते विहिबारको राशिफल यस्तो छ
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
स्याङ्जामा स्वाइन फ्लूबाट १ को मृत्यु, सचेत रहन आग्रह
स्याङ्जामा स्वाइन फ्लूबाट १ को मृत्यु, सचेत रहन आग्रह
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
माइतीघरमा प्रदर्शन’ओली सरकार ढाल्न पाईँदैन’
माइतीघरमा प्रदर्शन’ओली सरकार ढाल्न पाईँदैन’