पूर्वप्रधानमन्त्री नेपालका ७ अंगरक्षकमा कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ६, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी नेकपा का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक पीएसओ लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
  • पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
  • हिजो गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक पीएसओ लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हिजो गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिनुभयो । अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वकीय सचिव गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?