भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
१७ पटक हेरिएको
Shares
भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

सारांश

  • काठमाडौ साउन,३१।
  • भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ।
  • उनको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

काठमाडौ साउन,३१। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनी दिल्लीस्थित एम्स अस्पतामा उपचाररत थिए।

भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित वाजपेयी भारतको तीन पटक प्रधानमन्त्री बनेका थिए।उनि मधुमेहको रोग बाट पीडित थिए। उनलाई यसै वर्षको जुनमा किड्नीमा संक्रमण देखिएपछि एम्स अस्पताल नयादिल्ली मा भर्ना भएका थिए।

 उनि पहिलो पटक सन् १९९६ मे १६ मा पहिलो पटक १३ दिनका लागि भारतको प्रधानमन्त्री बनेका थिय। ठूलो दल भएका कारण तत्कालीन राष्ट्रपति शंकर दयाल शर्माले भाजपालाई सरकार बनाउन आह्वान गरेका थिए।तर उनीले लोकसभामा बहुमत जुटाउन नसक्दा उनले राजीनामा दिएका थिए।अर्को सरकार बनेन, बरु चुनाव भयो। १९९९ मा भएको चुनावमा राष्ट्रिय जनतान्त्रिक गठबन्धनले साझा घोषणापत्रमा चुनाव लड्यो। जसलाई सुविधाजनक बहुमत प्राप्त भयो। फलस्वरुप, वाजपेयी १९९९ देखि २००४ सम्मका लागि प्रधानमन्त्री भएका थीए ।

नरेंद्र मोदी को सरकार ले २०१५ मा उनलाई  देश को  सर्वोच्च सम्मान भारत रत्न ले सम्मान गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Brodhoj Nepali

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?