चाप बढेपछि सरकारी स्कुलमा विद्यार्थी भर्ना बन्द
सारांश
- उदयपुर, ६ जेठ – केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा पढाउन लैजान्थे ।
- अहिले त्यसको ठीक उल्टो भएको छ ।
- अभिभावकले निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको छ ।
उदयपुर, ६ जेठ – केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा पढाउन लैजान्थे । अहिले त्यसको ठीक उल्टो भएको छ । अभिभावकले निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको छ ।
पाँच वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्चमाध्यमिक विद्यालयमा यस वर्षको नयाँ शैक्षिकसत्रमा अंग्रेजी माध्यममा भर्ना हुने विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना कार्य बन्द गर्नु परेको छ ।
विद्यालय प्रशासनका अनुसार यस वर्षको शैक्षिकसत्रमा वैशाख महिनाभित्र झण्डै एक हजार विद्यार्थीले अंग्रेजी माध्यममा विभिन्न कक्षामा भर्ना भइसके पनि अझै नयाँ विद्यार्थी भर्ना हुन आउने क्रम निरन्तर जारी हुने गरेका कारण अहिले भर्ना अभियान बन्द नै गर्नु परेको हो ।
त्रियुगा उच्च माविका प्राचार्य सुवास विष्टका अनुसार अहिले विद्यालयमा झण्डै दुई हजार विद्यार्थीले विभिन्न कक्षामा अध्ययन गर्दै आएका छन् ।
यस वर्षमात्र कक्षा ५ देखि माथिल्ला तहमा एक हजारसम्म नयाँ विद्यार्थी भर्ना भइसकेको र अब विद्यालयको क्षमताले धान्न नसक्ने हुनाले भर्ना बन्द गर्नु परेको विद्यालयका प्राचार्य विष्टको भनाइ छ ।
प्रतिक्रिया