‘लालपुर्जा दिनेलाई भोट’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
‘लालपुर्जा दिनेलाई भोट’

सारांश

  • वीरगञ्ज, १४ मंसिर , बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ टांगियाबस्तीका अगुवा दलित महिला पवित्रा सुन्दास मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा लालपुर्जा दिने उम्मेदवारलाई भोट दिने बताउनुहुन्छ ।
  • टांगियाबस्तीका सुकुम्वासी ४२ वर्षदेखि सुकुम्वासी रहेका छन् ।
  • “प्रत्येक निर्वाचनमा नेताहरु हाम्रो भोट पाएर जित्छ तर फर्केर आउँदैनन्,” सुन्दासले पीडा सुनाउनुभयो ।

वीरगञ्ज, १४ मंसिर , बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ टांगियाबस्तीका अगुवा दलित महिला पवित्रा सुन्दास मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा लालपुर्जा दिने उम्मेदवारलाई भोट दिने बताउनुहुन्छ ।

टांगियाबस्तीका सुकुम्वासी ४२ वर्षदेखि सुकुम्वासी रहेका छन् । “प्रत्येक निर्वाचनमा नेताहरु हाम्रो भोट पाएर जित्छ तर फर्केर आउँदैनन्,” सुन्दासले पीडा सुनाउनुभयो ।

बस्तीमा एक हजार ४७६ घरधुरीको बसोबास छ । दुई हजार ६०० मतदाता रहेका छन् । टांगियाबस्ती क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि सो बस्ती खाली गराउन सरकारले निर्देशन दिएको छ । बस्तीका सुकुम्वासीले जग्गाको सट्टा जग्गा नै माग गरेका छन् ।

“नेताहरुले लालपुर्जा उपलब्ध गराउने आश्वासन र सपना बाँड्दै आएका छन्, तर चुनाव जितेर गएपछि फर्केर आउँदैनन्,” स्थानीयवासी इन्द्रदेव विश्वकर्माले भन्नुभयो । सात सय ३१ बिघा १४ कट्ठा जग्गामा बस्दै आएका टांगियाबस्तीका बासिन्दालाई विभिन्न दलका नेताले लालपुर्जालगायत आधारभूत आवश्यकता पूरा गर्ने आश्वासन दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “आजसम्म लालपुर्जा पाउन सकेका छैनौँँ ।”

पूर्व–पश्चिम राजर्मागको पथलैया निजगढ सडकखण्डदेखि चार किलोमिटर दक्षिणतर्फ टांगियाबस्ती रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताबाट वञ्चित रहेका सो क्षेत्रका बासिन्दा उचित बसोबासको माग गर्दैआएका छन् ।

धावनमार्गको बीचमा पर्ने भएकाले बस्ती व्यवस्थापन हुन नसक्दा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बाधा पुगेको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणका लागि एक हजार १०० बिघा जग्गा छुट्याइएको छ । सोमध्ये ७३१ बिघा १४ कट्ठा जग्गामा बस्ती रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव
कुवेतमा २५ नेपाली अलपत्र
कुवेतमा २५ नेपाली अलपत्र
उपनिर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक २१ गते
उपनिर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक २१ गते
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी
९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने
नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा
नेपालका लागि अष्ट्रेलियाका राजदुत लक्की शेर्पाको राजिनामा
कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक
कलेजो प्रत्यारोपणको तयारीमा नर्भिक
धनुषाः मिथिला बिहारी नगरपालिकामा एमाले विजयी
धनुषाः मिथिला बिहारी नगरपालिकामा एमाले विजयी

तपाईंले छुटाउनुभयो कि?