चिकित्सक पिट्न आदेश दिने डिएसपी उमेश लम्साल जिम्मेवारीबाट हटाइए
सारांश
- काठमाडौँ ।
- महानगरीय प्रहरी कार्यालय(मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ ।
- मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अनुसन्धानका लागि वृत प्रमुखको जिम्मेवारीबाट हटाएर मेट्रो तानिएको बताए ।
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय(मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ । मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अनुसन्धानका लागि वृत प्रमुखको जिम्मेवारीबाट हटाएर मेट्रो तानिएको बताए ।
यसअघि बिहीबार बिहान मेट्रोले घटनाको छानविनका लागि एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा एसपी मुकेश सिंह र डीएसपी होबिन्द्र बोगटी सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहले ड्युटी सकेर खाना खाएर फर्किरहेका बेला प्रहरीले पिटेको आरोप लगाएका छन्।
प्रतिक्रिया