दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
सारांश
- काठमाडौं, ६ साउन ।
- पर्साको जगरनाथपुरस्थित भलुवाई खोलामा एकसाता अघि फेला परेको लास सोही ठाउँ बस्ने एक युवतीको भएको पत्ता लागेको छ।
- जिल्ला प्रहरी कार्यालय पर्साले करिब एक साताको अनुसन्धानपछि उक्त लास भारत घर भई जगरनाथपुर बस्दै आएकी १९ वर्षीय सन्केशा भन्ने बनिता चौधरीको रहेकाे बुझिएकाे छ ।
काठमाडौं, ६ साउन । पर्साको जगरनाथपुरस्थित भलुवाई खोलामा एकसाता अघि फेला परेको लास सोही ठाउँ बस्ने एक युवतीको भएको पत्ता लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले करिब एक साताको अनुसन्धानपछि उक्त लास भारत घर भई जगरनाथपुर बस्दै आएकी १९ वर्षीय सन्केशा भन्ने बनिता चौधरीको रहेकाे बुझिएकाे छ । प्रहरीले असार ३१ गते भलुवाई खोलामा सडेगलेको अवस्थामा उक्त शव बरामद गरेको थियो।
प्रहरी अनुसन्धानमा सन्केशाको हत्या उनका प्रेमी जगरनाथपुरकै १९ वर्षीय प्रमेन्द्र चौधरीले गरेको पत्ता लागेको छ। प्रमेन्द्र र सन्केशाबीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। सन्केशाको असार २८ गते हत्या भएको थियो।
यौन सम्पर्क विवादमा हत्या, हराएको तीन दिनपछि शव फेला
सन्केशा असार २८ गतेदेखि सम्पर्कबिहिन भएकी थिइन्। अनुसन्धानका क्रममा त्यस दिन भलुवाई खोलाको छेवैमा रहेको खरबारीमा सन्केशा र प्रमेन्द्रबीच यौन सम्पर्क भएको थियो। तर दोस्रोपटक यौन सम्पर्क गर्न सन्केशाले नमानेपछि प्रमेन्द्रले जबर्जस्तीको प्रयास गरेका थिए।
सन्केशाले आफुलाई घर जान ढिला भएको भन्दै हिँड्न खोजेपछि प्रमेन्द्रले प्रेमिकाले बेरेको सल तानेर घाँटीमा कसी हत्या गरेका थिए। त्यसपछि खोलाको किनारमा लगेर खाल्डो खनी पुरेर उनी भागेका थिए।
प्रहरीका अनुसार प्रमेन्द्र पछिल्लो समय गोर्खामा मिस्त्रीको काम गर्दै आएका थिए। प्रहरीले बेपत्ता युवतीबारे चाल पाएपछि मृतक युवतीको तस्विर उनका आफन्तलाई देखाएका थिए। त्यसपछि मात्र शवको सनाखत भएको थियो।
प्रतिक्रिया