घरभित्र बसेका दम्पत्तीको जलेको कंकाल भेटियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
घरभित्र बसेका दम्पत्तीको जलेको कंकाल भेटियो

सारांश

  • सप्तरी ।
  • सप्तरीमा एक बृद्धा दम्पत्तीको हत्यागरी घरभित्रै जलाइएको छ ।
  • सप्तरीको खड्ग नगरपालिका ५ खरचुहिया बजारमा एक दम्पतीको हत्याराले घरभित्रै जलाएको छ ।

सप्तरी । सप्तरीमा एक बृद्धा दम्पत्तीको हत्यागरी घरभित्रै जलाइएको छ । सप्तरीको खड्ग नगरपालिका ५ खरचुहिया बजारमा एक दम्पतीको हत्याराले घरभित्रै जलाएको छ ।

पक्षघात भई घरभित्रै बसिरहेका ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनीदेवी साहको हत्यापछि कोठाभित्रै आगो लगाइएको हो । दम्पतीका दुई छोरा सरकारी कार्यालयमा इन्जिनियर छन् ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको खरचुहिया बजारको दुईतले पक्की घरमा सोमबार राति हत्या गरी जलाइएको सप्तरी प्रहरीले जनाएको छ ।

मंगलबार बिहान मात्रै घर जलेको देखेपछि थाहा भएको थियो । बिहान दूध लिएर आउँदै गर्ने व्यक्तिले घर नखुलेको भुइँतलाको झ्यालबाट धूवाँ निस्केको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

स्थानीय बासिन्दाका अनुसार सम्पन्न परिवार साह दम्पतीले स्थानीयलाई लाखौं रुपैयाँ ब्याजमा लगाएका थिए । हत्या गर्ने समूहले दराजभित्र रहेका कर्जासम्बन्धी विभिन्न कागजातसमेत जलाएको छ ।

प्रहरी पुग्दा दम्पतीको शव कोठाभित्रै पूर्ण रूपमा जलेर नष्ट भैसकेको थियो । घरको भुइँतलाको कोठामा पूर्ण रूपमा जलेको अवस्थामा दम्पतीको शरीरका केही कंकाल मात्र घेतिएको प्रहरीको भनाइ छ । घटनास्थलको प्रकृति हेर्दा लुटपाट गर्ने उद्देश्यले हत्या गरेर जलाएको हुन सक्ने प्रहरीले बताएको छ ।

घरभित्र, बाहिर रगतका छिटा देखिएका छन् । घरभित्रको फ्रिज, दराज, आँगन, पर्खाल जताततै रगतका छिटा देखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता
अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
अस्पतालमा पनि दलाल!  बिरामी पठाएबापत लिन्छन् पैसा,
अस्पतालमा पनि दलाल! बिरामी पठाएबापत लिन्छन् पैसा,
सरकारद्वारा चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
सरकारद्वारा चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
२०१८ कै चर्चित प्रसंग #ME TOO ह्यासट्याग,हलिउड देखि बलिउडसम्म को को मुछिए ?
२०१८ कै चर्चित प्रसंग #ME TOO ह्यासट्याग,हलिउड देखि बलिउडसम्म को को मुछिए ?
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
तीन युवतीसहित नौ जना पक्राउ
तीन युवतीसहित नौ जना पक्राउ