चिकिस्सा शिक्षा विद्येयकको विरोधमा उत्रिएका बिद्यार्थी पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
चिकिस्सा शिक्षा विद्येयकको विरोधमा उत्रिएका बिद्यार्थी पक्राउ

सारांश

  • काठमाडौं।
  • प्रहरीले संसदबाट जबरजस्ती चिकित्सा शिक्षा विधेयक पास गराउन लागेको विरोधमा प्रर्दशनमा उत्रिएका झण्डै दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
  • नेपाल बिद्यार्थी संघको आयोजनामा नयाँ बानेश्वरमा प्रर्दशनमा उत्रिएका बिद्यार्थीहरुलाई पक्राउ गरिएको नेपाल बिद्यार्थी संघका केन्द्रीस्य सदस्य नवराज त्रिपाठीले जानकारी दिए।
काठमाडौं। प्रहरीले संसदबाट जबरजस्ती चिकित्सा शिक्षा विधेयक पास गराउन लागेको विरोधमा प्रर्दशनमा उत्रिएका झण्डै दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल बिद्यार्थी संघको आयोजनामा नयाँ बानेश्वरमा प्रर्दशनमा उत्रिएका बिद्यार्थीहरुलाई पक्राउ गरिएको नेपाल बिद्यार्थी संघका केन्द्रीस्य सदस्य नवराज त्रिपाठीले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा नवराज त्रिपाठी, मनिष सिम्खडा, योगेन्द्र रावल, नारायण सापकोटा, पावल वर्जाचार्य अर्बट खड्का रहेका छन्। 
उनीहरुले महेन्द्र पुलिस क्लबमा राखिएको छ। उनीहरुले संसदीय मर्यादा विपरित जबरजस्ती चिकिस्सा शिक्षा विद्येयक पास गराउन लागेको भन्दै अनसनरत डा गोविन्द केसीको सर्मथन गर्दै केही समय सडक जाम  गरेका थिए। उनीहरुले प्रर्दशनका क्रममा बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको हो। 
यसैबीच बानेश्वबाटै अनसनरत डा. गोविन्द केसीका झण्डै दुई दर्जन समर्थकहरुलाई पनि नयाँ वानेश्वरबाट पक्राउ परेका छन्। केसीको मागप्रति सरकारी बेवास्ताको विरोधमा स्वतन्त्र नागरिकहरुले काठमाडौंको नयाँ वानेश्वरमा सामुहिक गिरफ्तारी कार्यक्रम राखेको थियो। पक्राउ पर्नेहरुमा उज्वल थापा, शशिविक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थिमी लगायत रहेका छन्।
डा. केसीको मागको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत सदन र सडकमा समेत विरोध गरिरहेको बेलामा नागरिक समाजका अघुवा, मानवअधिकावादी लगायतले समेत डा. केसीको समर्थनमा आन्दोलन गरिरहेका छन् । उनलीहरुले केसीका जायज मागहरु पूरा गर्नको लागि आग्रह सहित यथासक्य चाँडो डा केसीको माग पूरा गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?