राष्ट्रियसभा बैठकमा सांसदका समस्याका चाङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २, २०७५
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठकमा सांसदका समस्याका चाङ

सारांश

  • काठमाडौं।
  • राष्ट्रियसभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  •   राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उदया शर्मा पौडेलले त्रिवि विश्वविद्यालयको १२ सय रोपनीे जग्गा मध्ये १ सय ८ रोपनी ४ आना जग्गामा बनेको ९ वटा भवनहरु ल्याब्रोटरी स्कुलले झण्डै ६ दशकदेखि निशुल्क रुपमा भोगचलन गर्दै आएको समाचार आएको भन्दै यसबारे यथार्थ जानकारी गराउन माग गरिन्।
काठमाडौं। राष्ट्रियसभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। 
राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उदया शर्मा पौडेलले त्रिवि विश्वविद्यालयको १२ सय रोपनीे जग्गा मध्ये १ सय ८ रोपनी ४ आना जग्गामा बनेको ९ वटा भवनहरु ल्याब्रोटरी स्कुलले झण्डै ६ दशकदेखि निशुल्क रुपमा भोगचलन गर्दै आएको समाचार आएको भन्दै यसबारे यथार्थ जानकारी गराउन माग गरिन्। 
सांसद कमला कुमारी ओली कैलालीको भजनी ३ कुसुम घाटमा मिनी भन्सारमा कर्मचारी नभएको र प्रहरीहरुले सामान निकासी पैठारी गर्ने सर्वसाधरणलाई दुख दिने काम गरेको भन्दै तत्काल सो स्थानमा कर्मचारी पठाउन सरकारको ध्यानाकर्षण गराइन्। 
सांसद खिमकुमार बिकले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम निर्देशिकाले राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुलाई विभेद गरेको भन्दै सच्याउन सम्बन्धीत मन्त्रालयसँग माग गरिन्। त्यसैगरी सांसदहरुमा पनि प्रत्यक्ष निर्वाचितलाई पहिलो, समानुपातिक सांसदलाई दोश्रो र राष्ट्रियसभाका सांसदहरुलाई तेश्रो श्रेणीमा राख्ने काम भएको भन्दै सो व्यवस्था पूर्नविचार गर्न माग गरिन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?