आरोप राज्यद्रोह, सुविधा भीआइपी सो–सरह !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आरोप राज्यद्रोह, सुविधा भीआइपी सो–सरह !

सारांश

  • काठमाडौं, ५ मंसिर ।
  • स्थान, दरबारमार्ग प्रहरी वृत्त ।
  • अभियोग राज्यद्रोह ।

काठमाडौं, ५ मंसिर । स्थान, दरबारमार्ग प्रहरी वृत्त । अभियोग राज्यद्रोह । सुविधा, पारिलो घाम, गोरखाको सुन्तलाको स्वाद र राजसी मेजमानी । यी सबै पृथकतावादी आन्दोलन चर्काउने सीके राउतका लागि हुन् । राउत राज्यद्रोह मुद्दा खेप्दै हिरासतमा छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बडीगार्ड बसीसकेका डिएसपी दानबहादुर मल्लको निगरानीको हिरासत । तर, उनलाई यत्रो सुविधा किन ? वृत्त भन्छ– थाहा छैन ।

सार्वजनिक अपराधका आरोपितलाई भेटघाटमा बन्देज लगाउने प्रहरीले देश द्रोही जस्तो जघन्य अपराधका आरोपितलाई खुलम खुल्ला भिआईपी तरीकाले भेटघाटको व्यवस्था पनि मिलाइएको छ । मल्लले हिरासतको सट्टा प्रहरी ईन्सपेक्टरको ब्यारेकमा सुत्ने बातावरण मिलाएका छन् । खाना खाने तथा भेटघाट गर्ने र घाम ताप्नको लागि प्रहरी भवनको छतको व्यवस्था छ । राउत न पूर्व राजनीतिक भीआइपी हुन् । उनी विभिन्न अदालतले राज्यद्रोही अभियोगमा अनुसन्धान गरी म्याद थपेका अभियुक्त भन्दा केही होइनन् । मधेर अभियानका नाममा खोलेको एनजिओमार्फत विखण्डनकारी आन्दोलन चलाउने एक पात्र मात्र हुन् । क्याम्रिज विश्वविद्यालयबाट कम्प्युटर साइन्स अध्ययन गरेका राउतमाथि संगठीत अपराधको मुद्दामा अनुसन्धान जारी छ ।

असोजमा जनकपुरमा राष्ट्रविरोधी सभा गर्दै छुट्टै देशको माग गरेपछि उनलाई ‘राज्यद्रोही’को अभियोगमा अदालतमा मुद्दा थियो । पर्सा अदालतमा तारेख धाइरहेका उनलाई प्रहरीले पक्राउ गरी रौतहट पठाएको थियो । जिल्ला अदालत रौतहटले उनलाई थप १५ दिन थुनामा राखी अनुसन्धान गर्नका लागि प्रहरीलाई विहीबारमात्र अनुमति दिएको थियो । भारतीय संस्थापनको दबाबका आधारमा उनलाई सरकारले पक्राउ गरेको उच्च स्रोतले जनाएको छ । मधेस क्षेत्रमा आन्दोलन जारी राख्दा २०१९ को चुनावी तयारी रहेको भारतमा सुरक्षा संवेदनशीलता बढ्ने भएपछि राउतलाई संगठीत अपराधको मुद्दामा दोषी कायम गर्ने तयारी पनि भएको छ । उनलाई पश्चिमा मुलुकको समर्थन र प्रायोजन रहेको कतिपयले बताउदै आएका छन् ।

अमेरिकामा लामो समय काम गरेपछि राउत नेपाल छिरेका थिए । सप्तरीको महादेवामा जन्मिएका राउतले गैर आवासीय मधेसी संगठनको नेतृत्व गर्दै राजनीति थालेका थिए । उनको राजनीतिको लक्ष्य भने पृथकतावादी आन्दोलन चलाउने थिएन । चार बर्षअघि नेपाल सरकारले पक्राउ गरेपछि मधेसमा स्वतन्त्र मधेस गठबन्धनका नाममा राउतको पृथकतावादी आन्दोलनको चर्चा भएको थियो । १३ सेप्टेम्बर २०१४ मा उनलाई पहिलो पटक पक्राउ गरिएको थियो । त्यसपछि उनी भोक हड्तालमा बसेका थिए । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको सरकारका पालामा उनी अनशन बस्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, तत्कालिन संचारमन्त्री मिनेन्द्र रिजाल र कृषिमन्त्री हरि पराजुलीले उनलाई जुस खुवाएका थिए । राउतको पक्षमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले खुलेरै सरकारलाई दबाब दिन थाले । एम्नेस्टी इन्टरनेशनल, एसीया मानवअधिकारवादी संगठन र अमेरिकी अधिकारवादी संस्था राउतको पक्षमा खुलेका थिए ।

हाल संगठीत अपराधमा राउतसहित ५ जना थुनामा छन् । स्वतन्त्र मधेस गठबन्धन रौतहटका जिल्ला संयोजक संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव पनि थुनामा छन् । राउतलाई मात्र राजसी सुविधा उपलव्ध गराइएको छ ।

((दैनिक नेपाल बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?