जाम्बियाका सेनाप्रमुख नेपाल अाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
५० पटक हेरिएको
Shares
जाम्बियाका सेनाप्रमुख नेपाल अाउने

सारांश

  • काठमाडौँ, १९ पुस ।
  •   अफ्रिकी मुलुक जाम्बियाका सेनाप्रमुख पल मिहोभा नेपालको साताव्यापी औपचारिक सद्भावना भ्रमणका सिलसिलामा बुधवार  साँझ राजधानी आइपुग्दै हुनुहुन्छ ।
  • राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधानसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

काठमाडौँ, १९ पुस ।  अफ्रिकी मुलुक जाम्बियाका सेनाप्रमुख पल मिहोभा नेपालको साताव्यापी औपचारिक सद्भावना भ्रमणका सिलसिलामा बुधवार  साँझ राजधानी आइपुग्दै हुनुहुन्छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधानसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । साथै  उहाँले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उहाँले नेपाली सेनाको विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण गर्नुका साथै पोखरालगायत नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको अधिकांश शान्ति सैनिक ‘मिशन’हरु अफ्रिकी महादेशमा नै रहेकाले अफ्रिकी महादेशकै राष्ट्र जाम्बियाको सेना प्रमुखको नेपाल भ्रमणबाट अफ्रिकी राष्ट्रहरुमा शान्ति स्थापना कार्यमा सहकार्य गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जेन्टिना विश्वकपको दाबेदार होईन: मेस्सी
अर्जेन्टिना विश्वकपको दाबेदार होईन: मेस्सी
पत्रकार महासंघको अध्यक्षमा शर्मा निर्वाचित
पत्रकार महासंघको अध्यक्षमा शर्मा निर्वाचित
इटालीमा दीपिका सामु किन घुँडा टेके रणवीरले ?
इटालीमा दीपिका सामु किन घुँडा टेके रणवीरले ?
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी
उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी
पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयनमा पर्न सफल
पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयनमा पर्न सफल
को हुन नरेश भण्डारी जसले करुवा चिह्न लिएर देउवाकै वडामा जीत हासिल गरे ?
को हुन नरेश भण्डारी जसले करुवा चिह्न लिएर देउवाकै वडामा जीत हासिल गरे ?
प्रधानमन्त्री देउवालाई ठूलो धक्का , गृहजिल्लामै २० जनाको बागी उम्मेदवारी
प्रधानमन्त्री देउवालाई ठूलो धक्का , गृहजिल्लामै २० जनाको बागी उम्मेदवारी
भन्छन् नि बूढापाका– चरेस खानू हरेश नखानू -मुना पाण्डे,
भन्छन् नि बूढापाका– चरेस खानू हरेश नखानू -मुना पाण्डे,
प्रचण्ड निजि निवास मै पार्टी अफिस नेताहरु भन्छन् कार्यलयमा कोठै छैन
प्रचण्ड निजि निवास मै पार्टी अफिस नेताहरु भन्छन् कार्यलयमा कोठै छैन