चिसो बढेपछि असहाय र बृद्धबृद्धालाई उपमहानगरले गर्यो आगो ताप्ने व्यवस्था

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
चिसो बढेपछि असहाय र बृद्धबृद्धालाई उपमहानगरले गर्यो आगो ताप्ने व्यवस्था

सारांश

  • खजुरा ।
  • शीतलहर र अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
  • विगत केही दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो ।

खजुरा । शीतलहर र अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । विगत केही दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो ।

वडाध्यक्षहरुको समन्वयमा नेपालगन्जको त्रिभुवनचोक, धम्वोझीचोक, बागेश्वरी मन्दिर, महेन्द्रपार्कलगायत ११ स्थानमा दाउरा वितरण गरी आगो बालेर ताप्ने व्यवस्था मिलाइएको उपमहानगरपलिकाका सूचना अधिकारी शरद पौडेलले बताए ।

उनका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरी जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा दुई चट्टा दाउरा वितरण गरिएको छ । नगरका केही स्थानमा आज पनि दाउरा वितरण गरिनेछ । उपमहानगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाएको हो ।

चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनुपरेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?