गीत नै मेरो जीवन हो : शान्ता
सारांश
- गुल्मीको रेसुङा नगरपालिका सिमिचौरमा जन्मिनु भएकी संचारकर्मी तथा लोक गायिका शान्ता परियार छोटो समय मै लाखौं दर्शकको मनमा बस्न सफल गायिका भन्दा फरक पर्दैन ।
- ४० – ५० वटा जती गीतमा स्वर दिसक्नु भएकी तिनै शान्ता संग शिखर न्युजले कुराकानी गरेको छ ।
- केमा ब्यस्त हुनुहुन्छ ?
गुल्मीको रेसुङा नगरपालिका सिमिचौरमा जन्मिनु भएकी संचारकर्मी तथा लोक गायिका शान्ता परियार छोटो समय मै लाखौं दर्शकको मनमा बस्न सफल गायिका भन्दा फरक पर्दैन । ४० – ५० वटा जती गीतमा स्वर दिसक्नु भएकी तिनै शान्ता संग शिखर न्युजले कुराकानी गरेको छ ।

केमा ब्यस्त हुनुहुन्छ ?
गीत रेकर्ड मै ब्यस्त छु । हिजो मात्रा युटुब बाट मिलन दाई र मेरो स्वरमा एउटा गीत सार्वजनिक गरेका छौ । हेरिदिनुस् कस्तो लाग्यो सल्लाह दिनुस् । तपाईहरुको माया बिना हामी सफल हुँदैनौ भन्न चाहन्छु दर्सकहरुलाई । यो एउटा माया प्रेममा भुलेपछी सारा बिर्सिएको कुरा ब्यक्त गर्न खोजेको गीत हो । अरु गीत पनि चाडै आउँदै छ ।
आँफैलाई आफ्नो मनपरेको गीत कुन हो ?
यै गीत घर जान भुलेछु भन्ने गीत नै मनपर्छ ।
के गर्दा आनन्द लाग्छ ?
लोक गीत गाउदा जती आनन्द त केही गर्दा लाग्दैन । गीत नै मेरो जीवन हो ।
कस्ता खलका केटा मन पर्छ ?
मलाई बुझोस् अनी गीत संगीतलाई बुझोस् , स्वच्छ मन भएको ब्यक्ती नै हो मन पर्ने ।

बिर्सन नसकेको पल सम्झदा कुन पल सम्झनुहुन्छ ?
जीवन जिउने क्रममा धेरै उताब चढाब् त अाइहाल्छ तर एक पटक गीत गाउन उपत्यका भन्दा बाहिरी जिल्ला खुमन अधिकारि र म जादै थियौ , बस यस्तो धुलाई धुलो थियो कि के भन्नु बाटै तेस्तै भएर नि होला । तेइ बेला खुमन अधिकारिको ब्याग भुईमा झर्यो ब्याग नै नचिनिने भयो । हामी कार्यक्रम स्थल पुग्दा दाइले मेरो ब्याग बोक्नुभयो र दाईको ब्यग मलाई दिनुभयो अनी आयोजकलाई “हेर्नुन शान्ताको लापर्वाही कस्तो ब्याग लिएर आएकी ” भनेर उल्तै भन्नुभयो त्यो पल यात्रा गर्दा सधैं याद आउछ ।
पहिलो गीत रेकर्ड गर्दाको अनुभव बाड्नुस्न ।
पहिलो गीत रेकर्ड गर्न म गुल्मी बाट पहिलो पटक काठमान्डौ आउँदै थिए । टिकट काटेको थिए तर बस छुटेछ । फेरी अर्कै गाडीमा छाडेर बुटवल सम्मा आएर बस चेन्ज गरेर काठमान्डौ आए । पहिलो पटक काठमान्डौ आएकोले सम्झना लामिछाने र बिरु लिन आउनु भएको थियो । गीत रेकर्ड गर्ने बेला खुमन दाई हुनुहुन्थ्यो त्या म केही जान्दिन थिए तेतिबेला धेरै कुरा सिकाउनु पनि भयो । अझै नि त्यो दीन सम्झदा रमाईलो लाग्छ ।
प्रतिक्रिया