निर्मला पन्त हत्या प्रकरण: मुचुल्कामा बाबुको नक्कली औठा छाप

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
निर्मला पन्त हत्या प्रकरण: मुचुल्कामा बाबुको नक्कली औठा छाप

सारांश

  • काठमाडौ, १० असाेज ।
  •   गृहमन्त्री रामबहादुर थापाले निर्मला बलात्कार हत्याबारे थप रहस्य खुलासा गरेका छन् ।
  • राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले अनुसन्धानका क्रममा मुचुल्कामा बाबुको नक्कली औठा छाप भेटिएको उल्लेख गरे ।

काठमाडौ, १० असाेज ।  गृहमन्त्री रामबहादुर थापाले निर्मला बलात्कार हत्याबारे थप रहस्य खुलासा गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले अनुसन्धानका क्रममा मुचुल्कामा बाबुको नक्कली औठा छाप भेटिएको उल्लेख गरे । उनले भने, ‘घटना १० गते भएको छ ११ गते मुचुल्का उठाउँदै त्यहाँ बाबुको औंठाछाप लगाइएको छ । जबकी भारतबाट १२ गते आएको भनिएको छ ।

यस्तै मृतकको कपडा पखाल्ने काम मात्र नभई त्यसलाई जलाउने काम समेत गरेर ठूलो त्रुटी गरेको गृहमन्त्रीले बताए । उनले भने, ‘अपराध अनुसन्धान गर्ने एबीसिडी हुन्छ, तर त्यहाँ कपडासमेत जलाइएको छ ।’ उनले छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिनुको कारण गृह मन्त्रालयसम्म कुरा गर्न नपाएर भएको दाबी पनि गरे ।

‘सहसचिव केसीले पहिलाको छानबिन समितिले गल्ती गरेका कारण फेरि गल्ती होला कि भनेर डराएको देखिन्छ’, गृहमन्त्री थापाको भनाई छ ।  यस्तै छानबिन समितिका सदस्य केसीले आफूलाई बडिबिल्डर जस्तो देखिने व्यक्तिले यस्तो छानिबन गर्नेलाई गाडीले किचेर मार्छन् भनेर सुनाएको पनि उनले सुनाए ।

गृहमन्त्री र प्रहरी ज्योतिषी होइनन्
गृहमन्त्री थापाले गृहमन्त्री र प्रहरी ज्योतिषी नभएको बताए । समितिको बैठकमा सांसदले निर्मलाका हत्यारा कहिले पत्ता लाग्छन ? भनेर गरेको प्रश्नमा उनले गृहमन्त्री र प्रहरी ज्योतिषी नभएको भन्ने जवाफ दिएका हुन् ।

उनले भने, ‘छिटोभन्दा छिटो दोषी पत्ता लगाउछौ । कति गते कुन दिन दोषीलाई कानुनी कठघरामा उभ्याउने भन्ने अहिले भन्न सकिँदैन ।’

उनले यो घटना प्रायोजित नभएको बताउँदै यस्ता घटनालाई राजनीतिक रङ दिन नहुने उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
म्याद थपका लागि रबि लामिछाने सहित तीनै जनालाई अदालत लगिदै
म्याद थपका लागि रबि लामिछाने सहित तीनै जनालाई अदालत लगिदै
एटीएमबाट ननिस्किएको पैसा समेत खाताबाट गायब !
एटीएमबाट ननिस्किएको पैसा समेत खाताबाट गायब !
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो   
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो  
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो
कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो
रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !
रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
नेकपामा स्कुल विभागमा कसको पल्ला भारी?
नेकपामा स्कुल विभागमा कसको पल्ला भारी?
गाँजाको विकल्प दिँदै चितवनका जनप्रतिनिधि