चीनले भारतलाई युद्धका लागि तयार रहन भनेपछि भारत ससंकित ,बढ्दै युद्दको खतरा.
सारांश
- ३ साउन : सिमा विवादका कारण चीन र भारतबीचको तनाव बढ्दै गएको अवस्था छ ।
- चिनियाँ मिडियाले भारतलाई धम्कीको भाषामा चीन कुनै पनि तरिकाको टकरावका लागि तयार रहेको भन्दै चेतावनी दिएका छन् ।
- डोकलाम विवाद मुद्दामा चीन युद्धका लागि तयार रहेको र यसले भारतलाई ठूलो समस्यामा पार्ने ती मिडियाले दावी गरेका छन् ।
३ साउन : सिमा विवादका कारण चीन र भारतबीचको तनाव बढ्दै गएको अवस्था छ । चिनियाँ मिडियाले भारतलाई धम्कीको भाषामा चीन कुनै पनि तरिकाको टकरावका लागि तयार रहेको भन्दै चेतावनी दिएका छन् ।
डोकलाम विवाद मुद्दामा चीन युद्धका लागि तयार रहेको र यसले भारतलाई ठूलो समस्यामा पार्ने ती मिडियाले दावी गरेका छन् ।
चीनको सरकार पत्रिका ग्लोबल टाइम्सले १९६२ पछि भारतले चीनलाई लगातार उत्तेजित गर्ने काममा उद्दत रहेको आरोप लगाएको छ । उक्त पत्रिकाले चीन भविष्यमा हुने सबै किसिमका टकरावका लागि तयार रहेको बताएको छ ।
लेखमा भनीएको छ, ‘एक स्वतन्त्र देश भएको हिसाबले यो चीनको हक हो । चीन भारतसँग कुनै पनि प्रकारका टकराव देखि डराउँदैन । चीन युद्ध देखि डराउँदैन र आफैलाई तयारी अवस्थामा राख्छ ।’
सिमा क्षेत्रमा १६ जुन देखि बढेको तनाव पछि चिनियाँ मिडियाले लगातार यस्ता लेखहरु प्रकाशित गरिरहेका छन् । सो पत्रिकाले भारतीय सेना डोकलाम क्षेत्रबाट हट्नुपर्ने बताएको छ । यदी भारत सिमा क्षेत्रमा आफ्नो सेनालाई राखिरहन्छ भने चीन पनि पछि नहट्ने लेखमा उल्लेख गरिएको छ । एजेन्सी
प्रतिक्रिया