नुवाकोटमा ओली पक्ष र दाहाल–नेपाल पक्षबीच झडप

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
नुवाकोटमा ओली पक्ष र दाहाल–नेपाल पक्षबीच झडप

सारांश

  • नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको सम्बोधन कार्यक्रम छ ।
  • तर, कार्यक्रम सुरु हुनुअघि नै दाहाल–पक्षले विरोध तथा प्रदर्शन गर्दा झडप भएको छ ।
  • झडपमा परी दुवै पक्षका केही कार्यकर्ता घाईते समेत भएको बताईएको छ ।

नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको सम्बोधन कार्यक्रम छ । तर, कार्यक्रम सुरु हुनुअघि नै दाहाल–पक्षले विरोध तथा प्रदर्शन गर्दा झडप भएको छ । झडपमा परी दुवै पक्षका केही कार्यकर्ता घाईते समेत भएको बताईएको छ ।

उता, विरोधमा उत्रिएकाहरुले मन्त्रीहरुलाई कालो झण्डा देखाएका थिए । प्रदर्शनमा सहभागी दाहाल–नेपाल पक्षकी विद्यार्थी नेतृ उषाकिरण तिम्सिनाले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेकी छिन्–”नुवाकोटमा असंबैधानिक मन्त्री आगमनको क्रममा हाम्रो शान्तिपूर्ण आन्दोलनमा ओलीगुटका मान्छेहरुले हमला गरेपछी झडप भएको छ । यो आन्दोलन ब्यक्तिबिरुद्द होईन, निरंकुशताबिरुद्द हो । ब्यक्तिगत रुपमा गरिएको आक्रमण निन्दनिय छ ।”।

उपप्रधानमन्त्री पोखरले सोमबार नुवाकोटमा एक कार्यक्रममा सहभागी हुनेक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?