चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
सारांश
- काठमाडाै,१० कात्तिक ।
- चीनको औपचारिक भ्रमणमा रहेकका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका वरिष्ठ राजनीतिक तथा सुरक्षा निकायका नेतृत्वहरूबीच भेटवार्ता गरेका छन्।
- भेटमा नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई परिवर्तित सम्बन्धमा थप प्रगाढ र गतिशील तुल्याउने बारेमा छलफल भएको छ ।
काठमाडाै,१० कात्तिक । चीनको औपचारिक भ्रमणमा रहेकका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका वरिष्ठ राजनीतिक तथा सुरक्षा निकायका नेतृत्वहरूबीच भेटवार्ता गरेका छन्। भेटमा नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई परिवर्तित सम्बन्धमा थप प्रगाढ र गतिशील तुल्याउने बारेमा छलफल भएको छ ।
पाेखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष महामहिम सु छियालिङ्गसँग र चीनका रक्षा मन्त्री वेइ फेङ्¬सँग उहाँहरूको कार्यालयमा छुट्टा¬ छुट्टै शिष्टाचार भेटघाट गरेकका हुन । भेटवार्तापछि उपप्रधानमन्त्री तथा रक्षा मन्त्री र चीन सरकारका रक्षा मन्त्रीबीच नेपाललाई १५ करोड युयान (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ)बराबरको सहायता उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेललाई चिनियाँ सरकारको तर्फबाट एक सैनिक टुकडीले उहाँको सम्मानमा चिनिय जनमुक्ति सेनाको मुख्यालयमा सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा नेपाल र चीन दुवै देशका राष्ट्रिय धुन पनि बजाइएको थियो । पोखरेललाई आफ्नो कार्यालयमा स्वागत गर्दै चीनका रक्षा मन्त्रीले नेपाल र चीन असल छिमेकी मुलुक हुनुका साथै दुई देश बीच शदीयौँ पूर्वदेखि मैत्रीपूर्ण सम्बन्ध कायम रही आएको चर्चा गर्दै बेइजिङमा आयोजित आठौँ सियाङसान फोरममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले सियाङसान फोरममा दिएकाे सारगर्भित मन्तव्यका लागि बधाई ज्ञापन गरेका थिए । उनले समान संस्कृति र सभ्यता बोकेका नेपाल र चीनबीच परापूर्व कालदेखि घनिष्ट सम्बन्ध रही आएकोमा हालका दिनमा उच्च राजनीतिक भ्रमणले दुई देशबीच विश्वास र सद्¬भावन अभिवृद्धि गर्न तथा आपसी सहयोगका क्षेत्रलाई थप फराकिलो बनाउन सहयोग पुर्¬याएको विचार व्यक्त गरेका थिए । 
चीनका केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष महामहिम सु छियालिङ्गले नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्न चीनको तर्फबाट सदैव सहयोग रहने कुरा व्यक्त गर्नुभएको थियो ।
चीनले अन्तर्राष्ट्रिय शान्ति¸ सुरक्षा र अतिकम विकसित मुलुकको विकासको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको कुरा उहाँले भेटवार्ताका क्रममा चिनीयाँ पक्षहरूसँग राख्नुभयो । भेटवार्ताका क्रममा उहाँले नेपाल चीनबीचको सम्बन्ध पञ्चशील¸ शान्तिपूर्ण सहअस्तित्व¸पारस्परिक सम्मान र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपालले चीनसितको सम्बन्धलाई उच्च महत्वका साथ अघि बढाउन चाहेको कुरा व्यक्त गर्नुभयो । नेपाल एक चीननीतिको पक्षमा सदैव प्रतिबद्ध रहेको र चीनको सुरक्षा सरोकारका विषयलाई संवेदनशीलताका साथ ग्रहण गर्दै नेपाल-चीन सीमानामा चीनविरोधी कुनै पनि घटना हुन नदिने दृढता उहाँले व्यक्त गर्नुभयो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ र सन् २०१८ मा चीन भ्रमण गर्नुभएको कुरा संस्मरण गर्दै चीनसँग भएको पारवहन यातायात सम्झौता तथा नेपाल चीनबीच रेल मार्गको विकास गर्ने समझदारीले नेपाल र चीनबीच आगामी दिनमा सम्पर्क विस्तार गर्न तथा व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ तुल्याउन ठुलो सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसबाट भूपरिवेष्टित मुलुक नेपाललाई भूजडित मुलुकमा रूपान्तरण हुन सहयोग पुग्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपालमा सन् २०१५ को अप्रिल महिनामा आएको महाभूकम्पपश्चात् भूकम्पपीडितहरूको उद्धार तथा पुनःस्थापना गर्न र भूकम्पबाट क्षतिग्रस्त ऐतहासिक सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार गर्न चीन सरकाले उपलब्ध गराएको अमूल्य सहायताको लागि उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले चीन सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।प्रत्युत्तरमा चिनियाँ रक्षा मन्त्री फेङ्गले नेपाललाई भूकम्प पश्चात् उद्धार तथा पुनर्निर्माणका लागि उपलब्ध गराएको विदेश सहयोग हालसम्मकै सबैभन्दा ठूलो सहयोग रहेको जानकारी गराउनुभयो ।
भेटवार्ताको क्रममा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै नेपाली सेनालाई विभिन्न तालिम तथा कोर्षमा सहभागी हुने अवसर प्रदान गरी तथा महत्वपूर्ण सैनिक उपकरणहरू प्रदान गरी नेपाली सेनाको क्षमता विकासमा चीन सरकारले पुर्¬याउँदै आएको योगदानको सह्राहना गर्नुभयो । भेटवार्ताको क्रममा नेपालमा सञ्चालन हुने विभिन्न सैनिक अभ्यास तथा तालिममा चिनिया सैनिक अधिकारीलाई तथा चीनमा सञ्चालन हुने विभिन्न तालिम र कोर्षमा नेपाली सैनिक अधिकृतलाई सहभागी गराएर दुवै मुलुकका सेनाले एक अर्काको अनुभवबाट सिक्ने र सिकाउने सुमधुर वातावरण निर्माण गरेको कुरा उहाँले स्मरण गर्नुभयो । माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले नेपाली सेनालाई विपद् व्यवस्थापन तथा शान्ति सेना लगायतका विभिन्न मिशनमा खटिन आवश्यक सैन्य सामग्रीहरू उपलब्ध गराउन चीन सरकारले गर्दै आएको सहयोगका लागि नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो ।
नेपाली सेनालाई समयानुकूल आधुनिकीकरण गर्दै सैन्य उपकरणमा आत्मनिर्भर संस्थाको रूपमा विकास गर्ने नेपाल सरकारको योजनामा मित्र राष्ट्र चीनबाट सहयोगको अपेक्षा गरेको कुरा उहाँले मन्तव्यका क्रममा चिनिया वरिष्ठ नेताहरूसँग व्यक्त गर्नुभयो ।
नेपालले चीनबाट खासगरी विभिन्न प्रकारका सैन्य सामग्री¸उद्धार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न उपकरणहरू¸सैनिक अस्पतालको लागि आवश्यक चिकित्सा उपकरणहरू¸ क्षमता विकास सम्बन्धी तालिम¸ राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना लगायतका विषयमा सहयोगको अपेक्षा राखेको कुरा माननीय उपप्रधानमन्त्रीज्यूले भेटवार्ताको क्रममा राख्न्नुभयो । उहाँले दुई देशबीच सम्पर्कलाई सुदृढ बनाउन विगतमा भएका समझदारी अनुसार दुई देशका प्रमुख व्यापारिक नाकाहरूलाई जोड्ने गरी यथाशीघ्र रेलमार्गको निर्माण गर्न आवश्यक भएको र यो विषयलाई आगामी दिनमा प्राथमिकतामा राखी कार्यान्वयन गरिदिन चीन सरकारलाई विशेष अनुरोध गर्नुभयो ।
प्रत्युत्तरमा चीनका केन्द्रीय सैनिक आयोग महामहिम सु छियालिङ्ग तथा रक्षा मन्त्री जनरल वेइ फेङ्ले नेपालको आर्थिक सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउन चीन सरकार सदैव सकारात्मक रहेको र आगामी दिनमा रेल मार्ग लगायतका पूर्वाधारहरू निर्माण गर्न चीनको तर्फबाट सक्दो सहयोग उपलब्ध हुने विश्वास दिलाउनुभयो ।
शिष्टाचार भेटघाटको अवसरमा चीनका लागि नेपालका महामहिम राजदूत श्री लीलामणि पौड्याल लगायत माननीय उपप्रधानमन्त्रीज्यूको भ्रमणदलका सदस्यहरूको उपस्थिति थियो ।
यसैक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू बेइजिङस्थित नेपाली राजदूतावासले माननीय उपप्रधानमन्त्रीज्यूको सम्मानमा तथा दशैँ¸तिहार¸छठ लगायतका नेपालका महत्वपूर्ण सामाजिक¸सांस्कृतिक पर्वको उपलक्ष्यमा नेपाली समुदायबीच भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले सम्बोधन गर्नुभएकाे छ । सम्बोधनका क्रममा उहाँले लामो राजनीतिक संक्रमणपश्चात् संविधान सभाबाट नयाँ संविधान जारी भई तथा संघ¸प्रदेश र स्थानीय तहमा जननिर्वाचित सरकार गठन भैसकेको र सरकार आर्थिक प्रगति र समृद्धिलाई मुख्य एजेण्डा बनाएर अघि बढिरहेको औँल्याउनुभयो । यस क्रममा चीन लगायत विभिन्न मुलुकमा रहेका नेपाली समुदायले आफूले विदेशमा आर्जन गरेका ज्ञान¸सीप र पूँजीलाई नेपालको विकासमा लगाउन हार्दिक आह्वान गर्नुभयो ।
कार्यक्रममा उहाँले नेपाल बहुभाषिक¸बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएकाले यस्ता चाडपर्वहरू सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृदुधिक लागि महत्वपूर्ण कडी रहेको तथ्य नेपाली समुदायलाई शुभकामना दिने क्रममा व्यक्त गर्नुभयो ।कार्यक्रममा सहभागी हुने क्रममा राजदूतावास मा चीनका लागि नेपालका राजदूत महामहिम लीलामणि पौड्याल लगायत राजदूतावासका कर्मचारी तथा बेइजिङ्गमा विभिन्न पेशा व्यवसाय गरी बसेका नेपाली समुदायका विभिन्न महानुभावहरूले हार्दिक स्वागत गरेका थिए ।
प्रतिक्रिया