आगलागीमा तीन महिला गम्भीर घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • दुनै, डोल्पा, १२ फागुन, हिमाली जिल्ला डोल्पामा आगलागीमा परी तीन महिला गम्भीर घाइते भएका छन् ।
  • आज दिउँसो त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने कागुत्तो वनमा लागेको आगलागीमा परेर तीन महिला गम्भीर घाइते भएका हुन् ।
  • घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङ बस्ने १६ वर्षीया प्रतिमा रोकाय सोही स्थानकी ६२ वर्षीया चाउरी चलाउने र सोही स्थानकै ६० वर्षीया मनरुपा चलाउने रहेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

दुनै, डोल्पा, १२ फागुन, हिमाली जिल्ला डोल्पामा आगलागीमा परी तीन महिला गम्भीर घाइते भएका छन् ।

आज दिउँसो त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने कागुत्तो वनमा लागेको आगलागीमा परेर तीन महिला गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङ बस्ने १६ वर्षीया प्रतिमा रोकाय सोही स्थानकी ६२ वर्षीया चाउरी चलाउने र सोही स्थानकै ६० वर्षीया मनरुपा चलाउने रहेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

उनीहरु आज बिहान ११ बजेतिर नजिकैको छिमेकी गाउँ ल्हाँबाट घर फर्कने क्रममा कागुत्तो वनमा लागेको आगलागीमा परी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको र सुर्खेतमा उपचार नभएपछि उपचारका लागि नेपालगञ्ज लगिएको काली चलाउनेले बताउनुभयो ।

आगो कसले लगाएको हो भन्ने पत्ता नलागेकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घाइते तीन महिला बेहोस अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?