दीपकराज जोशीपछिको वरियताका न्यायाधीश मिश्रको प्रमाणपत्र पनि आयातीत
सारांश
- काठमाडौं, २१ साउन ।
- कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवादले देश तातेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि “अर्गानिक” नभई आयातीत देखिएको छ ।
- यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ ।
काठमाडौं, २१ साउन । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवादले देश तातेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि “अर्गानिक” नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ ।
न्यायाधीश मिश्रले इन्टर मिडिएट तह र हाइस्कुल परीक्षा भारतबाट उत्तीर्ण गरेको देखिएको छ । मिश्रले हाइस्कुल परीक्षा भारतको नौतनवाँ इन्टर कालेज, नौतनवा (गोरखपुर)बाट १९६३ मा र इन्टरमिडिएट परीक्षा माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेशबाट १९७१ मा उत्तीर्ण गरेको प्रमाणपत्रमा उल्लेख छ ।
मिश्रले हाई स्कुल परीक्षामा कुल ५ सय पूर्णाङ्कमा हिन्दी बिषयमा ४९, गणितमा ३६, विज्ञानमा ४० अंक प्राप्त गरेको शैक्षिक प्रमाणपत्रमा उल्लेख छ । सबै बिषय बिषयगत आधारमा कुल १ सय पूर्णाङ्कका हुन् ।
उनले हाइस्कुल परीक्षामा कुल ५ सय अंकमध्ये २ सय ५ अंक प्राप्त गरेका छन् । जुन प्रतिशतको आधारमा ४१ हुन आउँछ । हाइस्कुल परीक्षाको प्रमाणपत्रमा रोलक्रम संख्या २१३ र उत्तीर्ण श्रेणी ३ रहेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
प्रतिक्रिया