बेपत्ता पराजुली मृत फेला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०८०
|
|
३३ पटक हेरिएको
Shares
बेपत्ता पराजुली मृत फेला

सारांश

  • ताप्लेजुङ ।
  • पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता भएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन् ।
  • पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता भएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन् ।

पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मानसिकरुपमा सामान्य अस्वस्थ रहेका ६० वर्षीय पराजुली आज बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किनुभएका पराजुली उक्त समयदेखि नै बेपत्ता भएका थिए । पिसाब फेर्न निस्किनुभएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको थियो । 

झापाबाट गत १९ गते श्रीमति, छोरा, बुहारी, नातिनी र आफन्तसहित आउनुभएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीस्थित होटलमा बसेर बिहान भरियामार्फत मन्दिरतर्फ गएका थिए । पराजुलीको शव कानुनी प्रक्रिया पूरा गरेर निकाल्ने तयारी भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
लिसङ्खु पाखरमा एमाले विजयी
लिसङ्खु पाखरमा एमाले विजयी
देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !
देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणामको अवैध सुन बरामद
क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणामको अवैध सुन बरामद
बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै
बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै
पाँच किलो सुन बरामद
पाँच किलो सुन बरामद
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
यी हुन् कर्णााली प्रदेशकाे मन्त्रिपरषदका  निर्णय
यी हुन् कर्णााली प्रदेशकाे मन्त्रिपरषदका निर्णय

तपाईंले छुटाउनुभयो कि?