लागु औषध खैरो हेरोईन सहित पक्राउ
सारांश
- भरतपुर,१४ वैशाख ।
- भरतपुर ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएका प्रहरी टोलीले लागु अाैषध सहित एक जनालाइ पक्राउ गरेकाे छ ।
- शुक्रवार ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएका प्रहरी टोलीले भरतपुर म.
भरतपुर,१४ वैशाख । भरतपुर ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएका प्रहरी टोलीले लागु अाैषध सहित एक जनालाइ पक्राउ गरेकाे छ ।
शुक्रवार ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएका प्रहरी टोलीले भरतपुर म.न.पा.वडा नं.३ नारायणगढ शहिदचोकको सडक किनारमा भारत बेतिया बस्ने बर्ष २८ को मन्तोष साह लाइ पक्राउ गरेकाे हाे ।
शंकास्पद अवस्थामा फेला परेकोले साहलाई चेकजाँच गर्दा साहको साथबाट ४५ ग्राम १५० मिलिग्राम प्रतिवन्धित लागु औषध खैरो हेरोईन फेला परेको प्रहरी नायव उपरिक्षक प्रभु प्रसाद ढकालले बताए ।
ढकालका अनुसार साहलाइ नियन्त्रणमा लिईएको र साथबाट फेला परेको लागु औषध बरामद गरिएको छ ।
यसै गरी ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएका प्रहरी टोलीले भरतपुर म.न.पा.वडा नं.१ रामनगर स्थित सामुदायिक वन कार्यालय अगाडी आकस्मिक रुपमा चेकजाँच गर्दा जिल्ला ललितपुर गोदावरी न.पा.वडा नं.१ घर बताउने कैलाश खड्काको साथबाट प्रतिवन्धित लागु औषध डाईजेपाम ६९ एम्पुल, व्युप्रिनर्फिन ६९ एम्पुल, फेनारगन ६९ एम्पुल र नाईट्राजेपाम ७० ट्यावलेट फेला परेको छ।
कैलाश खड्कालाई नियन्त्रणमा लिईएको र निजको साथमा फेला परेको लागु औषध बरामद गरिएको भरतपुर प्रहरीले बताएकाे छ।
लागु औषध सहित फेला परेका दुवै जनालाई लागु औषध (नियन्त्रण ऐन २०३३) अन्तर्गत आजै मुद्दा दर्ता गरी सम्मानित अदालतबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरिक्षक प्रभु प्रसाद ढकालले बताए ।
चितवन जिल्लामा शान्ती सुरक्षा अमनचयन कायम राख्नका लागि जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्वन गरेका पाँच रणनितिक योजना अपनाएकाे थियाे ।
पाँच रणनितिक योजना अनुसार लागु औषध ओसारपसार नियन्त्रण गर्नु पनि एउटा मुख्य सुरक्षा योजना रहेकाे ढकालले बताए ।
प्रतिक्रिया