चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’

सारांश

  • बुटवल, २६ असार।
  • यति बेला खेतिपाती लगाउने याम भएकोले प्राय हरेक परिवार घरको ढोका बन्द गरेर खेत र बारिमा व्यस्त छन् ।
  • त्यही बन्द र सुनसान घर, त्यस माथी बढेका मकैले एक देखि अर्को घर देख्न नसक्ने मौका छोपेर विगतका वर्षहरुमा बढी मात्रमा चोरीका घटना प्रहरीमा आउने गर्दथे ।

बुटवल, २६ असार। यति बेला खेतिपाती लगाउने याम भएकोले प्राय हरेक परिवार घरको ढोका बन्द गरेर खेत र बारिमा व्यस्त छन् । त्यही बन्द र सुनसान घर, त्यस माथी बढेका मकैले एक देखि अर्को घर देख्न नसक्ने मौका छोपेर विगतका वर्षहरुमा बढी मात्रमा चोरीका घटना प्रहरीमा आउने गर्दथे ।

पाँच नम्बर प्रदेशका केही जिल्लाहरुमा चोरीका घटना छिटफुट भएको पाइए पनि अन्य अधिकांश जिल्लामा चोरीका घटना शुन्य पाइएको छ । पाँच नम्बर प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयसँग बुझ्दा केही जिल्लामा छिटफुट बाहेक अन्य जिल्लामा शुन्य रहेको बताईएको छ ।

यो प्रदेशमा प्रहरीले केही महिना अघि देखि सुरु गरेको टोल टोलमा प्रहरी अभियान कार्यक्रमको प्रभाव चोरी घटनामा कमी आएको हो । प्रहरीले यो अभियानलाई प्रदेशभर तिब्रता दिदै गाउँ गाउँमा पुगेको छ ।

सोही अभियानको प्रभावकारिता बारेमा सामाग्री प्रस्तुत गर्दैछौं । हामीले विभिन्न जिल्लाका प्रहरी प्रमुख र प्रवक्तासँग राखेको जिज्ञासामा उनीहरुको यस्तो प्रतिकृया छन्ः

रुपन्देहीः त्यहाँका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले यो सिजनमा चोरीका घटना घटेको भए पनि रुपन्देहीमा प्राय त्यस्ता घटना सुन्य रहेको बताएका छन् । उनले यदाकदा चोरी वा अन्य अपराधिक घटना भए पनि दोषीलाई पक्राउ गर्न त्यहाँको प्रहरी सक्षम रहेको र टोल टोलमा प्रहरी अभियानलाई तिव्र पारिएको बताए ।

नवलपरासीः त्यहाँका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले पनि चोरीका घटनामा कमी आएको बताए । यस याममा चोरीका घटना विगतका वर्षहरुमा पाए पनि अहिले कतैबाट त्यस्तो उजुरी नआएको भट्टको भनाई छ । त्यस जिल्लामा पनि टोल टोलमा प्रहरी अभियानको प्रभाव राम्रो रहेको जानकारी दिए ।

पाल्पाः त्यहाँका प्रहरी प्रमुख डिल्लीराज खनालले पनि गत एक महिनामा एउटा पनि चोरी घटनाको उजुरी नपरेको बताए । उनले यस अवधीमा अन्य कुनै अपराधिक घटना पनि नघटेको र पाल्पा शान्त रहेको दाबी गरेका छन् ।

कपिलवस्तुः त्यस जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत रवि रावलले पनि चोरी लगायत अपराधिक घटनामा कमी नभएको बताए । उनले भने –‘गत एक महिनाको अन्तरालमा एउटा पनि चोरीका उजुरी कतै परेको छैन ।’

दाङ्गः त्यहाँका प्रहरी प्रवत्ता एसपी रामप्रसाद घर्ति मगरले चोरी लगायतका अपराधिक घटनामा कमी आएको र चोरीका घटना एक महिनाको अन्तरालमा नभएको बताए ।

नेपालगञ्जः त्यहाँका निमित्त सुचना अधिकृत प्रहरी निरीक्षक भरतसिंह राठौरले मोबाईल लगायतको चोरीका घटना पछिल्लो पटक खजुरामा तीन वटा र नेपालगञ्जमा १ सहित गत एक महिनामा ५ वटा भएको बताए ।

उनले भने–‘यो सिजन खेतिपातीको बेला भएकोले चोरीका घटना बढ्ने सिजन हो । तर विगतका वर्षहरुको तुलनामा यो निकै कमी हो, टोलटोलमा प्रहरी अभियानको प्रभावकारिता हो भन्ने हाम्रो बुझाई छ ।’

रोल्पाः एउटै बालकले ६ वटा घरमा चोरी गर्दै हिडेको थाहा भएपछि बालकलाई समातेर नियन्त्रणमा लिएको त्यहाँका प्रहरी प्रमुख डिएसी ज्ञानेन्द्र फुँयालले बताए । उनले पनि चोरी लगायत अपराधिक घटनमा कमी आएको जानकारी दिए ।

बर्दियाः त्यस जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत डिएसपी युवराज खड्काले पनि गत एक महिनाको अन्तरालमा चोरीको उजुरी नपरेको स्पष्ट पारे ।

पुर्वीरुकुमः त्यहाँका प्रहरी प्रमुख डिएसपी प्रविनलाल श्रेष्ठसँग सम्पर्क राख्दा एक दुई सानाखाले चोरी घटना भएको र आरोपीलाई पक्राउ गरी कार्वाही गरिएको बताए । उनले ठुला खाले अपराधिक घटना त्यस जिल्ला नभएको जानकारी दिए ।

प्युठानः यहाँका प्रहरी प्रमुख डिएसी राजेन्द्र पोखरेलले केही दिन अघि प्युठानका चार वटा पसलहरुमा नगद र रिचार्ज कार्डहरु चोरी भएको उजुरी परेको बताए । उनले चोरी
गर्नेहरुको खोजी कार्य भई रहेको बताउँदे चोरी हुन सक्ने यो याममा सबैलाई सजग रहन अनुरोध गरे।

डिएसी पोखरेलले टोल टोलमा प्रहरी अभियान सुरु गरे देखि पुराना घटनाका मुद्धाहरु समेत ठुलो सख्यामा पर्न थालेको र धमाधम आरोपीहरुलाई समातेर कार्वाहीको दायरमा ल्याईको जानकारी दिए।

अर्घाखाँचीः त्यहाँका प्रहरी प्रमुख नवराज मल्लले अर्घाखाँचीमा असार लागे देखि चोरीका उजुरी एउटा पनि नपरेको बताए ।

जेठ महिनामा सन्धीखर्कमा सिक्रि चोरी भएको पाइए पनि त्यस यता कतै चोरी भएको जानकारी नपाएको भए पनि यो याममा यस्ता घटना हुने भएकोले ‘जिल्लावासीलाई सजग हुन अनुरोध गर्दछु’ उनले भने ।

गुल्मीः गत एक हप्ताको अन्तरालमा गुल्मीका तीन वटा स्थानमा चोरी भएको त्यहाँका प्रहरी प्रमुख अनुराग कुमार द्धिवेदीले जानकारी दिए । उनले भने–‘अरु महिनामा भन्दा असार, साउन, भदौ र त्यस पछिका चाड पर्वमा चोरीका घटना बढ्ने भएकोले सबैलाई सञ्चार माध्यमले सजग गराउनु पर्दछ र हामीले टोल टोलमा प्रहरी अभियान मार्फत पनि गराई रहेका छौं ।’

त्यस कार्यालय मुद्धाफाँटका असई सत्यनारायण यादवका अनुसार असार १९ गते गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३, चिदियार भन्ने स्थानमा २४ वर्षिय पुरन दर्लामीले सोही वडा दौडाल गाउँकी महिलाको घरको ढोका फोरेर उनको झुम्का र मंगलसुक्र चोरी गरेको उजुरी परेको छ ।

निजले २० गतेका दिन गौटाकोटको एक सुनचाँदी पसलेमा बेच्न ल्याएपछि चोरीको घटना पत्ता लागेको थियो । मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरस्थीत शिक्षक विष्णुप्रसाद भट्टराईको परिवारमा पनि खेतिपाती गर्न गएको बेला चोरी भएको छ ।

स्थानीय १८ वर्षिय युवक सागर खरेलले उनको घरको ताल्चा काटेर गरगहना र नगदसहित ५ लाख २० हजार ५ सय मुल्य बराबरको चोरी गरेको पीडितले दाबी गरेका छन् । दुवै चोरीका आरोपलीलाई पक्राउ गरी अनुसान्धान गरी रहेको यादावले बताए । उता इस्मा गाउँपालिका वडा नम्वर २ को हस्तीचौमा पनि दुई बालकले चाेरी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?