नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
सारांश
- काठमाडौं ।
- पार्टी एकतापछि तल्लो तह एकता नटुंगिदै विवाद चलिरहेका बेला नेकपाको सचिवालय वैठक आज बस्दैछ ।
- पार्टीभित्रको आन्तरिक एकता, सरकारको कामका विषयमा असन्तुष्टि भइरहेको पार्टीको सचिवालय बैठक आज बस्न लागेको हो ।
काठमाडौं । पार्टी एकतापछि तल्लो तह एकता नटुंगिदै विवाद चलिरहेका बेला नेकपाको सचिवालय वैठक आज बस्दैछ । पार्टीभित्रको आन्तरिक एकता, सरकारको कामका विषयमा असन्तुष्टि भइरहेको पार्टीको सचिवालय बैठक आज बस्न लागेको हो ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश गएको बेला सरकारका कामबारे नेता माधवकुमार नेपालले संसदमै असन्तुष्टि व्यक्त गरेका थिए । नेता नेपालको असन्तुष्टि सार्वजनिक भएपछि नेकपाभित्र विवाद देखिएको हो ।
बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र प्रदेश, जिल्ला तहका एकताका विषयमा छलफल हुने जनाइएको छ।
पार्टीका तल्ला तहका समितिमा एकता नहुँदा अन्यौल देखिएको छ । समितिमा जिम्मेवारी लिने विषयमा समेत गुट उपगुट देखा परेपछि तीन महिनाभित्र हुने भनेको एकता लम्बिँदै गएको छ।
प्रतिक्रिया