यस्ता छन् ओली सरकारमा मन्त्रीको आकांक्षी, को–को ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
यस्ता छन् ओली सरकारमा मन्त्रीको आकांक्षी, को–को ?

सारांश

  • काठमाडौं, फागुन ४ ।
  • नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकट मानिने नेता महासचिव ईश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीलाई मन्त्री बनाउने चर्चा थियो ।
  • तर, उनले पोखरेल र ज्ञवालीलाई हिस्स बनाउँदै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएर सरप्राइज दिए ।

काठमाडौं, फागुन ४ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकट मानिने नेता महासचिव ईश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीलाई मन्त्री बनाउने चर्चा थियो । तर, उनले पोखरेल र ज्ञवालीलाई हिस्स बनाउँदै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएर सरप्राइज दिए ।

सपथग्रहण सुरु हुनु अघिसम्म पनि महासचिव पोखरेल मन्त्री बन्ने चर्चा हुँदै थियो । तर, उनीहरुलाई ओलीले नपत्याएको चर्चा सुरु हुन थालेको छ ।

ओलीले बिहीबार सानो आकारको मन्त्रिमण्डल विस्तारसँगै पहिलो चरणमा पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालय र थापालाई महिला, बालबालिका र समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

ओलीले आज शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायलाई शुभकामना व्यक्त गर्दै सरकारले छिट्टै पूर्णता पाउने समेत बताएका छन् ।

ओलीको सपथसँगै यतिबेला एमालेबाट को कुन मन्त्री बन्ने भन्नेबारे चर्को बहस सुरु हुन थालेको छ । एमालेले दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा युवा नेतालाई पहिलो प्राथमिकतामा राख्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पार्टी महासचिव ईश्वर पोखरेलले ओलीपछिको एमालेबाट सरकारमा नेतृत्व गर्ने बताइएको छ । त्यस्तै पार्टी सचिव प्रदिप ज्ञवालीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने बताइएको हो ।
त्यस्तै एमालेले पूर्वउद्योगमन्त्री समेत भएका महेश बस्नेतलाई ओलीले उद्योगमन्त्री नै बनाउने तयारी थालेको स्रोतले बताएको छ । यता पार्टी सचिव योगेश भट्टराईलाई सूचना तथा सञ्चारमन्त्री बनाउने भएको छ ।

यता माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनेपनि माओवादीले तत्कालै सरकारमा मन्त्री नपठाउने भएको छ । गत असोजदेखि पार्टी एकताको प्रक्रियामा रहेका एमाले र माओवादीले अहिलेसम्म सत्ता सञ्चालनको भागवण्डामा कुनै सहमति जुटाउन सकेका छैनन् ।

एमालेले कुन मन्त्रालय सम्हाल्ने र माओवादीले कुन मन्त्रालय पाउने भन्नेबारे अहिलेसम्म गृहकार्य नभएको कारण माओवादीले सरकारमा तत्काल सामेल नहुने बताएको हो ।

पार्टी एकतालाई एउटा निश्कर्षमा पुर्याउन एमाले–माओवादी केन्द्रबीच आज निर्णायक वार्ता समेत बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग
कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग
कोरोनाका कारण अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित
कोरोनाका कारण अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका बन्द गर्ने तयारी ;; चीन
देउवाको चाहनामा महान्यायाधिवक्तामा रमन निरन्तर
देउवाको चाहनामा महान्यायाधिवक्तामा रमन निरन्तर
सोमबार ७ हजार ४२५ जनामा कोरोना पुष्टि
भारतबाट फर्किनेको लर्को, जाने घटे
भारतबाट फर्किनेको लर्को, जाने घटे
सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह
सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण