श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
४६ पटक हेरिएको
Shares
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ

सारांश

  • काठमाडौं ।
  • श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
  • उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

काठमाडौं । श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट–४ घर भई हाल काठमाडौँ बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौँको नागार्जुन–१ रानीवन बस्ने २१ वर्षीय विपीन ढकाल रहेका उपत्यका अपराध अनुन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।

उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरिएको केसीले बताए । उनीहरुलाई कामपा–१३ मा घर भाडामा लिई वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो ।

उक्त ट्राभल्सको खानतलासी गर्दा ढकाल र फेवालीको मोबाइल एक/एक थानलगायत हन्य सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक केसीले बताए । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
राजनीतिक लडाइँ सकियो तर अधिकारको लडाइँ सकिएको छैन – केपी शर्मा ओली
राजनीतिक लडाइँ सकियो तर अधिकारको लडाइँ सकिएको छैन – केपी शर्मा ओली
उत्कृष्ट पुरस्कार पाएका कर्मचारीले घुस खाएपछि पक्राउ
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
स्कुल नजाउ छोरी, प्रेमको डर लाग्छ
स्कुल नजाउ छोरी, प्रेमको डर लाग्छ
रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा
रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा
सीमा विश्वासले यसरी दिएकी थिइन् न्यूड सीन
सीमा विश्वासले यसरी दिएकी थिइन् न्यूड सीन
रक्षामन्त्री पोख्रेलसँग जापानी राजदूत मासामीचि सिगोको भेट
रक्षामन्त्री पोख्रेलसँग जापानी राजदूत मासामीचि सिगोको भेट
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
मध्यमदेखि हल्का वर्षाको सम्भावना
मध्यमदेखि हल्का वर्षाको सम्भावना