सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने
सारांश
- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले गणतन्त्र उल्टन सक्ने औल्याएका छन् ।
- सरकारको कामकारबाही गणतन्त्र उल्टने दिशातर्फ बढेको भन्दै समयमै सचेत हुन आग्रह गरे ।
- शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मानन्धरले गुठीबारे उठेको विषयमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै सच्याएर अगाडि नबढे गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले गणतन्त्र उल्टन सक्ने औल्याएका छन् । सरकारको कामकारबाही गणतन्त्र उल्टने दिशातर्फ बढेको भन्दै समयमै सचेत हुन आग्रह गरे । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मानन्धरले गुठीबारे उठेको विषयमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै सच्याएर अगाडि नबढे गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए । ‛जनताले गणतन्त्र ल्याएका हुन्, गणतन्त्र उल्टाउन पनि सक्छन्,’उनले भने, ‛असार २ गते प्रधानमन्त्रीले स्वदेश आउनेवित्तिकै गुठीबारे माग सम्बोधन नगरे ४ गते नसोचिएको परिणाम हुन्छ ।’ देशमा आन्दोलनको आँधी आइरहेको भन्दै त्यसले धेरैलाई बडार्न सक्ने चेतावनी दिए । देशमा राणा, राजा सक्ने जनताले देश र संस्कृतिविरुद्ध लाग्नेहरुलाई नछाड्ने बताए ।
साम्प्रदायिक दंगा भड्काउनेहरु सक्रिय भइरहेकोमा सबै सचेत हुनुपर्ने बताए । सरकारमा रहेकाहरु स्थिति साम्य पार्न लाग्नुपर्नेमा उल्टो घ्यू थप्न लागेको भन्दै आलोचना गरे ।
धर्म संस्कृतिविरुद्ध गतिविधि बढिरहेको भन्दै त्यसलाई सहन नसकिने बताए । ‛चीनमा पनि कम्युनिष्ट छन् तर संस्कृतिको रक्षा गर्दै विकास निर्माणमा लागिपरेका छन्’, मानन्धरले भने ।
गुठीलाई सामन्त भन्ने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाप्रति आक्रोशित भएका मानन्धरले उनको राजीनामा मागे । मुलुक चिनाउने गुठी सामन्त र शोषकको व्यवस्था हो भने मन्दिर के हो ? देशको संस्कृतिमाथि आक्षेप र अपमान गर्नेहरु खतरनाक हुने भन्दै सचेत हुनुपर्ने बताए ।
यो पनि पढ्नुस
गुठीयारलाई सामान्ती भन्ने सञ्चारमन्त्री राजीनामा देउः सांसद मानन्धर
नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् ।
“सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन । ” उनले भने ।
सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।” उनले भने ।
प्रतिक्रिया