छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
१७ पटक हेरिएको
Shares
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

सारांश

  • लहान, ११ फागुन , छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।
  • घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए ।
  • रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय, लक्ष्मीपुर पतारीले जनाएको छ ।

लहान, ११ फागुन , छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए ।

रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय, लक्ष्मीपुर पतारीले जनाएको छ ।

सोही रड प्रहारबाट गम्भीर घाइते भएकी सुनिता दासको विराटनगरस्थित नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । आमा र बहिनीमाथि रड प्रहार गर्ने राम दासलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?