गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०८०
|
|
३६ पटक हेरिएको
Shares
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु

सारांश

  • गुजरात।
  • गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ।
  • गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्।

गुजरात। गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ। गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्।

चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ जनाको मृत्यु भएको छ । अमरेलीमा करेन्ट लागेर १६ वर्षीय बालकको मृत्यु भएको छ।

राज्यमा चट्याङका कारण पशुपन्छीको मृत्यु भएको खबर पनि आएको छ। हालसम्म ३९ जनावरको मृत्यु भइसकेको छ। खेडामा सबैभन्दा बढी १५ जनावरको मृत्यु भएको छ।

वर्षाको कुरा गर्दा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रदेशका २२९ तालुकमा पानी परेको छ। ६५ तालुकमा १ इन्चदेखि ४ दशमलव ४ इन्चसम्मको वर्षा भएको छ । सुरेन्द्रनगरमा सबैभन्दा बढी ४ इन्च वर्षा भएको छ । सुरत सहरमा साढे तीन इन्च, भाभर र राधनपुरमा साढे दुई इन्च वर्षा भएको छ।

सौराष्ट्र र उत्तरी गुजरात सहित लगभग सम्पूर्ण राज्यमा बेमौसमी वर्षा भएको छ। सौराष्ट्रका केही स्थानमा सबैभन्दा बढी पानी परेको छ। यहाँ राजकोट जिल्लामा राजमार्गमा यति धेरै असिना पर्‍यो कि केही समयको लागि कश्मीर जस्तै बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिँउ झै अचानक भारी असिना परे पछि गाडीबाट हिँडेका मानिसले सेल्फी लिन थाले। जसका कारण सडकमा सवारीसाधनको लामो लाइन लागेर जामसमेत भएको थियो । यस वर्षाका कारण कृषकलाई ठूलो नोक्सान भएको अनुमान गरिएको छ, यद्दपी त्यसको विवरण भने आउन अझै बाँकी रहेको छ।

यो वर्ष विपर्जोय चक्रवातका कारण सौ राष्ट्रले ठूलो क्षति बेहोर्नुपरेको थियो । यस अवधिमा धारी, अमरेली, जुनागढ र सावरकुण्डलाका ग्रामीण भेगमा मेघ गर्जनसहित वर्षा भएको छ । यो बर्षाका कारण गाउँलेहरु आफ्नो बालीनालीको चिन्तामा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
कांग्रेसका मेयर उम्मेदवारको गाडीमाथि तोडफोड
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
चारवर्षपछि शुरु भयो जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्य
चारवर्षपछि शुरु भयो जोरपाटी–सुन्दरीजल सडक विस्तार कार्य
प्रधानमन्त्री अाेलीले गरे डा केसीसंग यस्ताे प्रस्ताव
प्रधानमन्त्री अाेलीले गरे डा केसीसंग यस्ताे प्रस्ताव
आधारभूत स्वास्थ्यमा जनताको सहज पहुँचको ढोका खुला
आधारभूत स्वास्थ्यमा जनताको सहज पहुँचको ढोका खुला
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
माधवकुमार नेपालकाे संयाेजकत्वकाे कार्यक्रममा ११ देशका १५ कम्युनिस्ट नेपालमा
माधवकुमार नेपालकाे संयाेजकत्वकाे कार्यक्रममा ११ देशका १५ कम्युनिस्ट नेपालमा
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय