झापामा केपी अाेली सँग दोस्रो पटक भिडदै लिङदेन ।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
झापामा केपी अाेली सँग दोस्रो पटक भिडदै लिङदेन ।

सारांश

  • झापा ।
  • आजभन्दा १० वर्षअघि पहिलो संविधानसभा चुनावमा केपी ओलीलाई झापाबाट हराउने विश्वदीप लिङदेन यसपालि फेरि ओलीसँगै चुनाबी मैदानमा उत्रिएका छन् ।
  • युवा नेता लिङदेन ०६४ सालको संविधानसभा चुनावमा माओवादीका तर्फबाट केपी ओलीसँग चुनाव लडेका थिए ।

झापा । आजभन्दा १० वर्षअघि पहिलो संविधानसभा चुनावमा केपी ओलीलाई झापाबाट हराउने विश्वदीप लिङदेन यसपालि फेरि ओलीसँगै चुनाबी मैदानमा उत्रिएका छन् ।युवा नेता लिङदेन ०६४ सालको संविधानसभा चुनावमा माओवादीका तर्फबाट केपी ओलीसँग चुनाव लडेका थिए । अहिले उनले माओवादी छाडिसकेका छन् । अब उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका तर्फबाट झापा क्षेत्र नम्बर ५ मा ओली विरुद्ध चुनाव लड्न लागेका हुन् ।

संघीय समाजवादी फोरमले मंगलबार सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा लिङदेनको पनि नाम छ । उनी झापा क्षेत्र नम्बर ५ को उम्मेदवार बनेका छन्, जहाँ केपी ओली एमाले र माओवादीको साझा उम्मेदवार छन् ।

पहिलो संविधानसभा चुनावमा साविकको क्षेत्र नम्बर ७ मा लिङदेनले १६ हजार ९९ मत पाएका थिए । दोस्रो बनेका केपी ओलीले १४ हजार ९५९ मत ल्याएका थिए । कांग्रेसले त्यसबेला ११ हजार मत ल्याएको थियो भने राप्रपाले ३४७८ मत पाएको थियो ।

माओवादीबाट केपी ओलीलाई हराएर चुनाव जितेका लिङदेनले यो १० वर्षको अवधिमा आफ्नो राजनीतिक करिअर टिकाउन सकेनन् । माओवादी पार्टीले उनलाई आर्थिक अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गर्‍यो ।

माओवादीबाट कारवाहीमा परेपछि उनी केही समय वैद्य समूहमा लागे । त्यसपछि संघीय समाजवादीमा प्रवेश गरी केन्द्रीय सदस्य बने ।

लिङदेनले सभासद भएकै बेला उनले अनुचित आर्जनबाट दमकमा घर खरिद गरेको आरोप लाग्यो ।
सभासद भएकै बेला उनी विमानस्थलमा छोरीलाई रिभल्भर बोकाएर विवादमा समेत तानिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?