छोराले काठको दाउरा प्रहार गर्दा आमाको मृत्यु
सारांश
- आफ्नै आमाको हत्या गरेको अभियोगमा एकजना तनहुँबाट पक्राउ परेका छन् ।
- आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११ दरैपधेरोका ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
- मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएपछि प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
आफ्नै आमाको हत्या गरेको अभियोगमा एकजना तनहुँबाट पक्राउ परेका छन् । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११ दरैपधेरोका ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएपछि प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया