पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो

सारांश

  • राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
  • सांसद बाँस्कोटाले भने,“पूर्वराजाका छोराले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ कि छैन रु बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किंदैन ।

राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद बाँस्कोटाले भने,“पूर्वराजाका छोराले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ कि छैन रु बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किंदैन । राजतन्त्र फर्काउने सपना कसैले नदेखे हुन्छ ।”

उनले लोकतन्त्र भिडतन्त्र होइन, न्यायको निसाफ न्यायलयबाट हुने चर्चा गर्दै सञ्चारकर्मी रवि लामिछानेका बारेमा सरकारको धारणा के हो रु स्पष्ट गर्न माग गरे ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले लोकतन्त्र र गणतन्त्र ल्याउन नेपाली काङग्रेस र वाम एकता भए झैँ लोकतन्त्र र गणतन्त्र बलियो बनाउन पनि दुई पार्टी एक ठाउँमा उभिन आग्रह गरेका थिए ।

उनले भने, “काङग्रेस र वाम पार्टीबीचमा पानी बाराबारको स्थिति होइन, एक अर्काका अस्तित्व स्वीकार्य हुनुपर्छ । संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार गर्न जानुअघि सर्वदलीय बैठक आयोजना गर्नुभएकामा म धन्यवाद दिन्छु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?