जापान गएकी छोरी १० वर्षदेखि बेपत्ता छिन्
सारांश
- काठमाडौं – २०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन ।
- त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको इच्छा पूरा भएको थियो ।
- भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापान उडेकी थिइन्।
काठमाडौं – २०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन । त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको इच्छा पूरा भएको थियो । भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापान उडेकी थिइन्।
एक वर्षभन्दा बढी जाउलाखेलमा रहेको एक इन्स्टिच्युटमा भाषा सिकेकी १९ वर्षीया सबिनाले सुरुमा भिसा पाउने, नपाउने निश्चित थिएन । जापान गए भाग्य नै चम्कने भन्दै भिसा प्राप्तिका लागि उनले निकै दौदधुप गरेकी थिइन् ।
जापान गएर भाषा सिक्ने र राम्रो कमाइ हुने सबिनाको जिद्दीका अगाडि महर्जन परिवारले छोरीलाई रोक्न सकेन । जापान जान आवश्यक पर्ने विभिन्न प्रक्रियामा करिब पाँच लाख रुपैयाँको जोहो पनि गरिदियो महर्जन परिवारले । सबिना जापान पुगेको १७ महिनासम्म सोचे अनुसारकै परिस्थिति रह्यो।
दुई वर्षपछि घर फर्कने भनिरहेकी सबिना जापानमा हराएको एक्कासि खबर पाएपछि निराश भएको महर्जन परिवारमा १० वर्ष बितिसक्दा पनि खुसी फर्कन सकेको छैन । सबिनाको खोजीका लागि महर्जन परिवारले सरोकार राख्ने सबै निकायमा खोजी गरे पनि अहिलेसम्म कुनै पत्तो लगाउन सकेको छैन ।
‘छोरीको खोजीका लागि पटकपटक परराष्ट्र मन्त्रालयदेखि जापानस्थित नेपाली राजदूतावास र जापानको प्रहरीसमक्ष निवेदन दिइसकेको छु,’ सानुलालले भने, ‘अहिलेसम्म छोरीको अवस्था के भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन ।’जापानमा सानो अपराध हुँदासमेत प्रहरीले वास्तविकता पत्ता लगाएर छोड्छ भन्ने चर्चा सुनेका ६९ वर्षीय सानुलालले आफ्नी छोरीको घटना भने किन लुकिरहेको छ भनेर हरेकलाई प्रश्न गरिरहेका हुन्छन्।
‘जापानमा तीव्र गतिमा सवारी चलायो भने पनि प्रहरीले थाहा पाउँछ भन्ने सुन्दै आएको छु,’ उनले भने, ‘मेरी छोरी हराएको १० वर्ष बितिसक्दा प्रहरीले केही थाहा पाउँदैन ।’ २०६५ वैशाख ११ गते (सन् २००८ अप्रिल १३) जापानको फुकुओकामा भाषा सिक्न उडेकी सबिनाले सन् २००९ अगस्ट २६ सम्म परिवारसँग फोनमा सम्पर्क गरेको सानुलालले बताए ।
उनले जापानमा भाषा सिक्नुको साथै एउटा पसलमा काम गरिरहेकी थिइन् । जुन पसलमा काम गर्दा उनको मासिक पारिश्रमिक एक लाख २५ हजार रुपैयाँभन्दा बढी रहेको सानुलालले बताए।
आजको नागरिक दैनिकमा खबर छ ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє⚡ тнє☺ ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?