सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड

सारांश

  • ललितपुर, १६ मंसिर , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।
  • वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले ललितपुरको सांस्कृतिक पहिचान र महत्वलाई स्थापित गर्ने लक्ष्यका साथ अगाडि सारिएको सांस्कृतिक नगरको अभियान विशेष महत्वको रहेको बताउनुभयो ।
  • विगत ७० वर्षदेखि नेपाली जनताको चाहनाअनुसार नै स्थिर राजनीतिक सरकार गठन हुने संघारमा आफूहरु पुगेको भन्दै उहाँले पूर्वाधार निर्माण, विदेशमा रहेका युवालाई स्वदेशमा नै रोजगारी दिएर फर्काउने, पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान दिने तथा जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम अगाडि आउने धारणा राख्नुभयो ।

ललितपुर, १६ मंसिर , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।

वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले ललितपुरको सांस्कृतिक पहिचान र महत्वलाई स्थापित गर्ने लक्ष्यका साथ अगाडि सारिएको सांस्कृतिक नगरको अभियान विशेष महत्वको रहेको बताउनुभयो ।

विगत ७० वर्षदेखि नेपाली जनताको चाहनाअनुसार नै स्थिर राजनीतिक सरकार गठन हुने संघारमा आफूहरु पुगेको भन्दै उहाँले पूर्वाधार निर्माण, विदेशमा रहेका युवालाई स्वदेशमा नै रोजगारी दिएर फर्काउने, पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान दिने तथा जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम अगाडि आउने धारणा राख्नुभयो ।

ललितपुर वामपन्थीको किल्लाका रुपमा विगतदेखि नै परिचित हुँदै आएको तथ्य पेश गर्दै उहाँले कहिलेकाहीँ भएको भूलचूकबाट पाठ सिकेर यसपटकको निर्वाचनमा सबै वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातालाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको कार्यसूचीसहित तालमेल भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो “यो सामान्य प्रकारको तालमेलका लागि मात्रै तालमेल भएको विषय होइन, एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित एकता प्रक्रिया अगाडि बढेको छ । एकता संयोजन समिति गठन भएको छ । पहिला पार्टी एकता संयोजन समिति बनेर मात्रै तालमेलको कुरा अगाडि बढेको हो । चुनाव आएकै कारणले मात्रै तत्काल एकता हुन नसकेको हो ।”

नेपाली जनताको इच्छा र चाहनाअनुसार नै कम्युनिष्ट पार्टी एकै ठाउँमा आउँदा नेपाली काँग्रेसले अनावश्यक प्रचार गरेकोमा उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

अहिलेको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएकोमा जोड दिँदै उहाँले हजारौँको बलिदान, त्याग तपस्याबाट प्राप्त भएको संविधान कार्यान्वयन गराउने महत्वपूर्ण कार्यभारसहितको ऐतिहासिक प्रक्रिया भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ललितपुर प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले नेपालको राजनीतिक इतिहासलाई नयाँ लक्ष्यमा पु¥याउने कार्यसूचीका साथ वाम गठबन्धन बनेकाले ललितपुरका जनताले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमालेका नेत्री सुशीला नेपालले नेपालको राजनीतिक स्थिरतासहितको विकासका लागि वाम गठबन्धन भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवारद्वय राजकाजी महर्जन र जीवन खड्काले ललितपुरको समुन्नतिका लागि वाम एकताको आवश्यकतामा जोड दिनुभयो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Narottam Lal Maskey

    Sabai ko swaryha lukeko gathabandan sarkaar nisrman sangai dhosta hudaixa.Aa afno damfu bajaaudi hidnye maa ku nye,baamye Prachana sanga pani thik Oli sanga pani thik hudai xan.

    Comment Author

    Ramesh K. Gautam

    खै यै हो पारा टिक्दैन।जता काफल पाक्यो उतै चरि नाच्यो।

    Comment Author

    Narbahadaur Kunwar

    तिमलाई काेले बनाई दिन्छ परधान मन्त्री अाेलीले ईईईईईई,,,,,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?