सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २३, २०८०
|
|
४९ पटक हेरिएको
Shares
सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

सारांश

  • काठमाडौं ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ ।
  • सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक चल्न दिन एमाले तयार भएको हो ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक चल्न दिन एमाले तयार भएको हो ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताको बैठक बसेपनि बिना निष्कर्ष टुङ्गिएको थियो ।

एमाले सचेतक महेश बर्तौलाले भने, ‘आज अपराह्न ३ बजे सदन अगाडि बढ्छ, गृहमन्त्रीले उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता जनाए बैठक अगाडि जाने र समिति गठन गर्ने प्रतिबद्धता नआए हामीले उठेर विरोध गर्छौँ ।’

शीर्ष तहको बैठकमा सरकारका तर्फबाट उच्चस्तरीय समिति गठन नगर्ने अडान कायमै भए पनि गृहमन्त्रीको जवाफ सुन्नका लागि सदन चल्न दिने निष्कर्षमा पुगिएको उनको भनाइ छ ।

‘बैठकमा सरकार आफ्नो अडानमा रह्यो । उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुँदानहुँदै पनि आज गृहमन्त्रीको जवाफ सुन्नका लागि सदनलाई अगाडि बढाउन दिएका हौँ’, उनले भने, ‘गृहमन्त्रीको जवाफ पनि सुन्छौँ, देशभरका सांसदले पनि आफ्ना कुरा राख्ने अवस्था बनाउछौँ । अपराह्न ३ बजे सदन अगाडि जान्छ, हामी बैठकलाई अवरोध गर्दैनौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी नवलपरासीका यी कोरोना संक्रमित भारतबाट तरकारी बोकेर आएको गाडीमा नेपाल आएका थिए
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
काठमाडौँ उपत्यकामा आइतवार ५९७ जना कोरोना संक्रमित थपिए
आज दिन भरिका मुख्य मुख्य प्रहरी समचारहरु…
आज दिन भरिका मुख्य मुख्य प्रहरी समचारहरु…
सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल
सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल
मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ
मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
आजको राशिफल
आजको राशिफल