निशान हत्या प्रकरण: प्रहरीकाे एसएमएसका कारण जोगाउन सकिएन
सारांश
- काठमाडौं , २३ साउन ।
- बालक निशान खड्काको अपहरणपछि हत्या हुनु र अपहरणकारी भनिएका दुई व्यक्ति मारिनुनमा प्रहरीको सतर्कता र समन्वयमा कमी रहेको देखिएको छ।
- गोप्य रहनुपर्ने अपरेसन प्रहरीकै जिम्मेवार अधिकारीबाट बाहिरिँदा निशानलाई बचाउन नसकिएको अनसन्धानमा खटिएका प्रहरी टोलीको निष्कर्ष रहेको छ।
काठमाडौं , २३ साउन । बालक निशान खड्काको अपहरणपछि हत्या हुनु र अपहरणकारी भनिएका दुई व्यक्ति मारिनुनमा प्रहरीको सतर्कता र समन्वयमा कमी रहेको देखिएको छ। गोप्य रहनुपर्ने अपरेसन प्रहरीकै जिम्मेवार अधिकारीबाट बाहिरिँदा निशानलाई बचाउन नसकिएको अनसन्धानमा खटिएका प्रहरी टोलीको निष्कर्ष रहेको छ।
अपरहणको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले प्रहरीकै सियुजी नम्बर ९८५१२०५५५५ नम्बरबाट फिरौती माग्नेको मोबाइलमा ‘बच्चा तुरुन्त छोड्, नत्र तेरो दिन सकिन्छ। याे लेखेर काठमाडौंका एसएसपी’ले म्यासेज पठाइएको खुलेको छ। बालक अपहरणमा परेको खबर पाएपछि संवेदनशील भएर उद्धार गर्नुको सट्टा प्रहरी अधिकारीहरुले जस लिने होडबाजी गरेको खुलेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया