जिततर्फ उन्मुख रास्वपाका स्वर्णिम वाग्ले

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
२७ पटक हेरिएको
Shares
जिततर्फ उन्मुख रास्वपाका स्वर्णिम वाग्ले

सारांश

  • तनहुँ।
  • तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।
  • पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ५ हजार १९ मत प्राप्त गरेका छन्।

तनहुँ। तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ५ हजार १९ मत प्राप्त गरेका छन्।

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ३ सय ५१ मत प्राप्त गरेका छन्। भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ।

त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १ हजार ५ सय ४९ मत पाउँदै तेस्रो स्थानमा रहेका छन्। गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ। हालसम्म वडा नम्बर १,२,३,४,७ र १० को मतगणना सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?