विश्वकप क्रिकेटः दक्षिण अफ्रिकालाई बंगलादेशको चुनौती
सारांश
- एजेन्सी ।
- विश्वकप क्रिकेट अन्तर्गत आज चौथो दिनमा एउटा खेल हुदैंछ।
- बेलायतको लंडनमा हुने खेल दक्षिण अफ्रिका र बंगलादेशबिच हुनेछ।
एजेन्सी । विश्वकप क्रिकेट अन्तर्गत आज चौथो दिनमा एउटा खेल हुदैंछ। बेलायतको लंडनमा हुने खेल दक्षिण अफ्रिका र बंगलादेशबिच हुनेछ। नेपाली समयअनुसार दिउसो ३ः१५ देखि शुरु हुने खेलमा दुबै टोली आफ्नो पहिलो जित निकाल्ने खोजिमा हुनेछन्। आज बंगलादेशले विश्वकपमा पहिलो खेल खेल्दैछ भने दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा पराजित भएको थियो। विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डसँग १०४ रनले पराजित भएको दक्षिण अफ्रिकाले आज बंगलदेशलाई हराएर जित निकाल्न चाहन्छ। यस्तै पहिलो खेल खेल्ने बंगलादेश पनि दक्षिण अफ्रिकालाई हराएर विश्वकपमा शुखद शुरुवात गर्न चाहन्छ।
यी दुईबिच भएको पछिल्ला खेल हेर्ने हो भने दक्षिण अफ्रिकाको पल्ला भारी देखिएको छ। यी दुईबिच भएको पछिल्लो पाँच एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले तीनपटक बंगलादेशलाई हराएको छ। २०१५ को विश्वकप पछि भएका यी खेलमा शुरु शुरुमा बंगलादेशको प्रदर्शन राम्रो देखिए पनि पछिल्लो समय लय गुमाएको छ।
यसैबिच बंगलादेशलाई अर्को समस्या रहेको छ। ओपनिङ ब्याट्सम्यान तमिम इकबाल घाईते भएकाले खेल्ने नखेल्ने भन्ने अझैपनि दुविधा रहेको छ। यदी उनी खेलेनन् भने बंगलादेशलाई ठूलो झड्का लाग्नेछ। यस्तै आज दक्षिण अफ्रिकामा भने त्यस्तो समस्या देखिएको छैन्। घाईते भएर पहिलो म्याच नखेलेका फास्ट बलर डेल स्टेन आज खेल्ने सम्भावना रहेको छ। आज उनी खेले भने दक्षिण अफ्रिकालाई निकै राहत मिल्नेछ। आफ्नो पहिलो खेल हारेपछि कप्तान डुप्लेसिसले हार्नुको एउटा कारण स्टेनको अनुपस्थिति रहेको पनि बताएका थिए।
प्रतिक्रिया