हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ७, २०७९
|
|
२६ पटक हेरिएको
Shares
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित

सारांश

  • हेटौँडा।
  • हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ।
  • मेयर पदमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी नजिक पुगेकी छिन्।

हेटौँडा। हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ। मेयर पदमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी नजिक पुगेकी छिन्।

त्यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजउन्मुख छन्।

हेटौंडा ११ नम्बर वडाको केही मत गन्न बाँकी रहेको छ। गणना बाँकीमत भन्दा बढी मतान्तर भएकाले लामा र बानियाँ विजयउन्मुख देखिएका हुन्।

नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल र उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले दुवै जनालाई मत गणना स्थलमै गएर बधाई दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?