जेलमा को छ महराको ‘रुममेट’ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
जेलमा को छ महराको ‘रुममेट’ ?

सारांश

  • काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।
  • सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई मुद्दाको अन्तिम सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएको हो ।
  • संसद सचिवालयकी कर्मचारीमाथि जबर्ज्स्ति करणीको आरोपमा महरा बिरुद्द मुद्दा दायर भएको थियो ।

काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई मुद्दाको अन्तिम सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएको हो ।

संसद सचिवालयकी कर्मचारीमाथि जबर्ज्स्ति करणीको आरोपमा महरा बिरुद्द मुद्दा दायर भएको थियो । सोमबार भएको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो । यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । उनलाई डिल्लीबजार कारागार लागिएको छ।

अन्यत्रभन्दा आफन्तहरूसँग भेटघाट सजिलो हुने भएकाले धेरैले डिल्लीबजार कारागार जान चाहान्छन् ।सदरखोरका नामले चिनिने डिल्लीबजार कारागारमा दुई ब्लक छन् । महरालाई ’क’ ब्लकमा राखिएको छ । पूर्वआइजिपी रमेशचन्द ठकुरी र पूर्व्डिआइजी रञ्जन कोइराला महराका ’रुम मेट’ बनेका छन् । उनीहरुलाई एकै स्थानमा राखिएको डिल्लीबजार कारागारले जनाएको छ  । ठकुरी र कोइराला बस्ने कोठा तुलनात्मक रूपमा सुविधासम्पन्न भएकाले महरालाई त्यहीँ राखिएको बताइएको छ ।

ठकुरी सुडान शान्ति मिसनका लागि खरिद गरिएको सामान खरिदमा अनियमितता गरेको आरोपमा जेल परेका हुन् । सशस्त्र प्रहरीका पूर्व्डिआइजी रञ्जन कोइराला श्रीमती हत्या अभियोगमा जेल परेका हुन् । यसअघि उक्त कोठामा सुडान घोटाला प्रकरणमा सर्वोच्चबाट दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणालाई समेत राखिएको थियो । राणा जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?