गौरिकाको कीर्तिमानी ४ स्वर्ण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २३, २०७६
|
|
१७ पटक हेरिएको
Shares
गौरिकाको कीर्तिमानी ४ स्वर्ण

सारांश

  • पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् ।
  • पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् ।
  • उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन्।

पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् । पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् ।

उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन्।

भारतकी शिवांगी शर्माले रजत जितिन्। उनले निर्धा्रित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरिन्।

गौरिकालाई पौडीको अन्तिम दिन सोमबार दीपक विष्टको कीर्तिमान बराबरी गर्न सफल भइन्। तेक्वान्दोका विष्टले नेपालका लागिचार स्वर्ण चार संस्करणमा जितेका छन्।

१३औँ सागमा गौरिकाले ४ स्वर्ण सहित २र२ वटा रजत र कांस्य समेत जितेकी छन् ।

(merakisalonnc.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?