मेक्सिकोको सीमा बन्द गराउने ट्रम्पको चेतावनी
सारांश
- काठमाडौं ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमा बन्द गर्ने चेतावनी दिएका छन् ।
- ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमा बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कंग्रेसले रकम उपलब्ध गराउनुपर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सीमामा पर्खा लगाउनुपर्ने नभए सीमा नै बन्द गर्नुपर्ने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि सीमा बन्द गर्ने चेतावनी औपचारिक रुपमा पुष्टि गरेको छ ।
अमेरिकी संघीय बजेटका बारेमा एक हप्तादेखि जारी अवरोधका कारण अमेरिकी संघीय सरकारी निकाय आंशिक रुपमा ठप्प भएका छन् । ट्रम्पले प्रस्तावित सीमा पर्खालका लागि संघीय बजेटमा रकम व्यवस्था गर्नुपर्ने अडान लिएपछि बजेटमा अवरोध सिर्जना भएको हो ।
संघीय बजेटमा सीमा पर्खालका लागि रकम व्यवस्था गर्नेबारे कंग्रेससँगको छलफल अवरुद्ध भएको छ । बजेटमा रहेको विवादका कारण सरकारी कार्यालयहरु बन्द भएका छन् ।
प्रतिक्रिया