झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७८
|
|
२५ पटक हेरिएको
Shares
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू

सारांश

  • विराटनगर।
  • यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
  • जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेकाे हाे।

विराटनगर। यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेकाे हाे।
सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरे। कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएकाे भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए। लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि याैन दुर्व्यवहार गरेकाे आराेप छ।
सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनकुमार राईले बताए। उनलाई काेसी‍ प्रादेशिक अस्पताल लगिएकाे थियाे। तर, चिकित्सकले मृत घाेषणा गरे।
घटनामा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २५ जना घाइते भएका थिए। स्थानीय पनि सात जना घाइते भए।[image: vvv_0-1000×400.jpg]

(https://bluejapan.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८:  रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
विश्वकप फुटबल २०१८: रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
फागुनभित्रै नेपाल कम्युनिष्ट पार्टी हुने, दुई कार्यदल गठन
फागुनभित्रै नेपाल कम्युनिष्ट पार्टी हुने, दुई कार्यदल गठन
यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो
यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो
त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि
त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि
नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा
नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा
Официальный сайт Мостбет Ставки на спорт Mostbe
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट
‘नो हर्न’ को लागि पोखराका १०१ स्थानमा होडिङ बोर्ड राखिने
‘नो हर्न’ को लागि पोखराका १०१ स्थानमा होडिङ बोर्ड राखिने

तपाईंले छुटाउनुभयो कि?