माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ

सारांश

  • विराटनगर, २५ माघ , नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङ (ताप्लेजुङ) लाई सर्वसम्मत चयन गरेको छ ।
  • माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताउनुभयो ।
  • त्यस्तै पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्वो (पाँचथर) लाई पनि सर्वसम्मत चयन गरिएको छ ।

विराटनगर, २५ माघ , नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङ (ताप्लेजुङ) लाई सर्वसम्मत चयन गरेको छ ।

माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताउनुभयो । त्यस्तै पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्वो (पाँचथर) लाई पनि सर्वसम्मत चयन गरिएको छ ।
प्रदेश नं १ का ९३ सांसद्मध्ये माओवादी केन्द्रका १५ र उदयपुरबाट माओवादी केन्द्रका सहयोगमा निर्वाचित नारायणबहादुर मगरको पनि पार्टीमा समर्थन रहेको संयोजक काफ्लेले बताउनुभयो । प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टीभित्र विचार र सङ्घर्ष हुनु स्वाभाविक हो भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?