टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

सारांश

  • टर्की ।
  • टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् ।
  • टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार बताएका हुन् ।

टर्की । टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् ।

टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार बताएका हुन् ।

टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराए ।

उनले तेह्र बर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा बोकिरहेको भिडियो पनि पोस्ट गरेका छन् ।

उनको हताय प्रान्तको अन्ताक्यास्थित अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताले भग्नावशेषमा आवाज सुनेपछि उस्मानलाई फेला पारेको सरकारी समाचार एजेन्सी अनादोलुले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेको छ ।

उद्धारकर्मीले बिहीबार नै अन्ताक्यामा २६ र ३३ वर्षका अन्य दुई जनालाई उद्धार गरेको कोकाले बताए ।

एघारौँँ दिनमा उद्धार गरिएका २६ वर्षीय मेहमत अली साकिरोग्लु र ३३ वर्षीय मुस्तफा अव्सीलाई उस्मानलाई उद्धार गरिएकै स्थानको भवनको भग्नावशेषबाट उद्धार गरिएको डीएचए समाचार एजेन्सीले जनाएको छ ।

“म ठीक छु, मलाई कुनै समस्या छैन,” कोकाले सार्वजनिक गरेको भिडियोमा प्रियजनलाई कल गर्ने क्रममा अब्सीले भने।

अव्सीले आफ्नो उद्धारपछि आफ्नी आमाको अवस्थाबारे सोध्नुभएको थियो । भिडियोमा उनले ‘मेरी आमा र अरूलाई कस्तो छ ?’ भनी सोधेपछि कसैले ‘तिनीहरू सबै ठीक छन्, तिनीहरू तपाईंको प्रतिक्षामा छन्’ भनिएको देख्न सकिन्छ । प्रतिक्रियापछि अब्सीको अनुहारमा राहतको छोटो मुस्कान देखिएको छ ।

भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा बढी को मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् भने लाखौं मानिस चिसो तापक्रममा आश्रयविहीन भएका छन् ।

भूकम्पको धक्का टर्कीका ११ प्रान्तमा महशुस गरिएको थियो । टर्कीका अधिकारीहरूले अदाना, किलिस र सानलियुर्फा प्रान्तमा उद्धार कार्य पूरा भएको बताएका छन् ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
विश्व सम्पदा सूचिमा रहेका गुम्बाका कसरी आगो लाग्यो ?
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति
सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस
सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस
कोरोना अपडेटः मंगलबार थपिए ३२३ संक्रमित
कोरोना अपडेटः मंगलबार थपिए ३२३ संक्रमित
यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात
यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल
‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’
‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’

तपाईंले छुटाउनुभयो कि?