विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १०, २०७३
|
|
२३४ पटक हेरिएको
Shares
विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जना पक्राउ

सारांश

  • व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको छ।
  • महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ,पूर्व मेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन्।
  • पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन्।

व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ,पूर्व मेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन्। पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन्।

त्यस्तै प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको छ।

प्रहरीले ब्यापारी कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाँललाइ पनि पक्राउ गरेको छ।

‘लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको थाहा पायौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सेतोपाटीसँग भने, ‘त्यही अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौं।’

दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए।

उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ।

हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित
स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ
गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
प्रम ओली कलैया अस्पताल निरीक्षणमा
प्रम ओली कलैया अस्पताल निरीक्षणमा
भारत भ्रमण परिणाममुखी: प्रधानमन्त्री दाहाल
भारत भ्रमण परिणाममुखी: प्रधानमन्त्री दाहाल
अहिलेको सरकारले सबै मेरो कार्यक्रम आफ्नो भन्यो : देउबा
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने
द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान
पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान