टर्की र नेदरल्याण्डस् युरोकपको क्‍वाटरफाइनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १९, २०८१
|
|
२५ पटक हेरिएको
Shares
टर्की र नेदरल्याण्डस् युरोकपको क्‍वाटरफाइनलमा प्रवेश

सारांश

  • काठमाडौं।
  • अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्‍वाटरफाइनलमा स्थान पक्का गरेको छ।
  • जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

काठमाडौं। अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्‍वाटरफाइनलमा स्थान पक्का गरेको छ। जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण गर्दै गोल फर्काउन मिहिनेत गरेपनि बराबरी भने गर्न सकेन। अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ।

हिजै राति भएको अर्को खेलमा रोमानियालाई हराउँदै नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी हुँदै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो।

२०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे। तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे।

अब नेदरल्यान्ड्सले क्वाटरफाइनलमा टर्कीको सामना गर्नेछ। यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३-० को जित दर्ता गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो। अन्य क्वाटरफाइनलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?