टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १७, २०७६
|
|
२० पटक हेरिएको
Shares
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा

सारांश

  • काठमाडौं ।
  • ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० (सेप्टेम्वर ६) का दिन आयोजना हुने निर्वाचनमा अञ्जन थापा (कुमार) समुहवाट मिसन नेपाल होलिडेज प्रा.
  • लि.

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० (सेप्टेम्वर ६) का दिन आयोजना हुने निर्वाचनमा अञ्जन थापा (कुमार) समुहवाट मिसन नेपाल होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा सफल युवा पर्यटन व्यवसायी दामोदर ढकालले सचिव पदमा उम्मेदवारी दिएका छन् ।

विगत २२ वर्षदेखि नेपालको पदयात्रा पर्यटन क्षेत्रमा सक्रिय ढकालले स्नातक सम्मको औपचारिक अध्ययन पुरा गरेका छन् । व्यवसायीक जीवनकै क्रममा अमेरिका, यानडा, अष्ट्रेलिया, जर्मनी, ईटालीलगायत विश्वका तीन दर्जन भन्दा बढि मुलुकको भ्रमण गरिसकेका ढकाल टानप्रति व्यवसायीहरुको विश्वास घट्दै गएकोमा त्यसलाई उकास्न नै टानको सचिव पदमा उम्मेदवारी दिएको बताउँछन् ।

टानले हाल ठूला र साना दुवै थरिका पदयात्रा पर्यटन व्यवसायीहरुको आवश्यकता र चाहना अनुसार सरकारसँग लबिङ र व्यवसायको हितका पक्षमा काम गर्न आवश्यक रहेको र त्यसका लागी आफू र आफ्नो समुह सक्षम रहेको उनले बवताए ।

टानको सचिव पदका उम्मेदवार ढकालले टिम्सलाई एकद्वार प्रणालीवाट लागु गर्न सके धेरै समस्यको समाधान हुने बताउँछन । टिम्सका सम्बन्धमा आवश्यक लबिङ र विशेष पहलले मात्र यो समस्या समाधान हुने ढकालको भनाई छ ।

यसअघिका कतिपय कार्यसमितिमा अध्यक्ष, पदाधिकारी र सदस्यहरु बिचमा नै मत बाझिएका कारण पनि समस्या समाधान हुन नसकेको उनले बताए । अबको कार्यकालमा त्यस्तो हुन नहुने उनको अपेक्षा छ ।

‘टान सचिवालय लथालिङ्ग हिसावले चलेको जस्तो देखिन्छ । त्यसको सहि व्यवस्थापन पनि आजको प्रमुख जिम्मेवारी हो,’ ढकालले भने । त्यसबाहेक हरेक सदस्य कम्पनीहरुको गुनासो सुन्ने र महिनामा एकपटक सदस्यहरुको समस्याका विषयमा टानले उचित समाधानका उपायहरु निकाल्ने कार्यक्रम आफूले अगाडी सार्ने उनले बताए ।

नेपालको पदयात्रा पर्यटन क्षेत्र मौलिक किसिमको व्यवसाय रहेको ढकालको बुझाई छ । सरकारले ल्याउने कतिपय अव्यवहारिक निति, नियम यो क्षेत्रका लागी उपयुक्त नहुने भएकोले सरकारसँग आवश्यक लबिङमा टान नेतृत्वले ध्यान दिनुपर्ने उनले वताए ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?