पुस ११ गते शनिवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ११, २०७७
|
|
२२ पटक हेरिएको
Shares
पुस ११ गते शनिवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
  • गरेका कामबाट राम्रै लाभ हुनेछ ।
  • दैनिक कार्यमा प्रगति हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मुल्याङ्कन पनि हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फैन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुविधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नेछ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धाबाट फाइदा हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा उक्लियो
पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा उक्लियो
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन
भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न
डान्सबार कुटपिट काण्डका दुई पक्राउ
नेपाल विद्युत प्रधिकरणले ४३ करोड भत्ता बाँड्ने
नेपाल विद्युत प्रधिकरणले ४३ करोड भत्ता बाँड्ने
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत
वैशाख २९ गतेको राशीफल यस्तो छ, कुन राशीले के गरे आज दिन उत्तम हुने ?
७ करोड हिनामिना गरेर नायब सुब्बा कता भागे ?
७ करोड हिनामिना गरेर नायब सुब्बा कता भागे ?
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !

तपाईंले छुटाउनुभयो कि?